Headline

साफ च्याम्पियनसिप फाइनलः नेपाल दुई गोलले पछाडी

Published

on

नेपाल साफ च्याम्पियनसिप फाइलनमा भारतसँग दुई गोलले पछाडी परेको छ । कप्तान सुनिल क्षेत्रीको प्रेरणामा अग्रता लिएको भारतले एक मिनेटको अन्तरमा दुई गोल गर्दै २–० को अग्रता लिएको हो ।

मालेमा पहिलो हाफ गोलरहित बराबरीमा टुँगिएपछि कप्तान क्षेत्रीले नै भारतलाई अग्रता दिलाएका थिए । हेडर मार्फत सुन्दर गोल गर्दै क्षेत्रीले भारतलाई अग्रता दिलाए ।

त्यसको एक मिनेट भित्रै सुरेश सिँहले अर्को गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाएका थिए । निरन्तर भारी बर्षा हुँदा दुवै टोलीलाई खेल्न निकै नै कठिन भएको स्थितिमा नेपाललाई पहिलो केही मिनेटमै कप्तान किरण चेम्जोङले निश्चित गोल खानबाट बचाएका थिए । किरणले वान भर्सेस वान अवस्थामा अनिरुद्ध थापालाई गोल गर्नबाट रोकेका थिए ।

१७ औं मिनेटमा डिफेण्डर राहुल भेखेको चुनौतिमा रोहित चन्दले बक्स भित्र आएको बललाई छातीले रोकेपनि उनी चिप्लिएपछि गोल गर्ने मौका गुमाएका थिए ।

२७ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहारलाई किरणले रोकेका थिए । खेलमा भारतले आक्रमण बढी गरेपनि नेपालले गोल हुन दिएको छैन । पहिलो हाफ सकिनु अघि भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्दैछ भने भारत ७ पटकको बिजेता हो । खेलका लागि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका प्रशिक्षक इगोर प्रतिबन्धका कारण स्टिम्याक दर्शक दिर्घामा बसेर हेरिरहेका छन् ।

Click to comment

Trending