Headline

साफ च्याम्पियनसिपः नेपाल र भारतबीच पहिलो हाफ बराबर

Published

on

साफ च्याम्पियनसिप फाइनल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ बराबरीमा टुँगिएको छ ।

मालेमा निरन्तर भारी बर्षा हुँदा दुवै टोलीलाई खेल्न निकै नै कठिन भएको स्थितिमा नेपाललाई पहिलो केही मिनेटमै कप्तान किरण चेम्जोङले निश्चित गोल खानबाट बचाएका थिए । किरणले वान भर्सेस वान अवस्थामा अनिरुद्ध थापालाई गोल गर्नबाट रोकेका थिए ।

१७ औं मिनेटमा डिफेण्डर राहुल भेखेको चुनौतिमा रोहित चन्दले बक्स भित्र आएको बललाई छातीले रोकेपनि उनी चिप्लिएपछि गोल गर्ने मौका गुमाएका थिए ।

२७ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहारलाई किरणले रोकेका थिए । खेलमा भारतले आक्रमण बढी गरेपनि नेपालले गोल हुन दिएको छैन । पहिलो हाफ सकिनु अघि भारतीय कप्तान सुनिल क्षेत्रीको प्रहार बाहिरिएको थियो ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्दैछ भने भारत ७ पटकको बिजेता हो । खेलका लागि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका प्रशिक्षक इगोर प्रतिबन्धका कारण स्टिम्याक दर्शक दिर्घामा बसेर हेरिरहेका छन् ।

Click to comment

Trending