Headline

भारतबिरुद्धको फाइनलका लागि नेपाली टोली यस्तो छ, बेञ्चमा आयुष र मनिष

Published

on

नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो खेल साफ च्याम्पियनसिप फाइनलका लागि नेपाली टोलीको शुरुवाती ११ घोषणा भएको छ ।

शुरुवाती ११ मा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आयुष घलान र मनिष डाँगीलाई बेञ्चमै राखेका छन् भने अग्रपंक्तिमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।

मिडफिल्डमा रोहित चन्द, तेज तामाङ र पुजन उपरकोटी रहेका छन् । बंगलादेशबिरुद्धको अघिल्लो लिग खेल चोटका कारण गुमाएका पुजनको उपस्थिती शंकाको घेरामा रहेपनि उनी खेल्न गइरहेका हुन् ।
४–३–३ को रणनीतिका साथ मैदानमा उत्रन गइरहेको नेपालको रक्षापंक्ति अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजबंशी र सुमन अर्यालको हातमा रहेको छ ।

अञ्जन बिष्टलाई दोहोरो पहेलो कार्डका कारण फाइनलमा गुमाएको नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।

खेलका लागि अब्दुल्लाह आफै भने दर्शक दिघांबाट हेर्नेछन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अन्यायपूर्ण निर्णय गर्दै अब्दुल्लाहलाई आफूले बनाएको नियम बिपरित दुई पहेलो कार्ड पाएपनि यो खेलका लागि निलम्बित गरेको छ ।

फाइनलका लागि तीन प्रमुख खेलाडी गुमाएको भारतले पनि आफ्नो शुरुवाती ११ घोषणा गरेको छ । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोलीको गोलपोस्ट गुरप्रित सिँह सन्धुले सम्हाल्ने छन् ।

राहुल भेके, चिँगलेनसना सिँह, लालेँग माविया, अनिरुद्ध थापा, मनविर सिँह, यासिर मोहम्मद, मनिन्दर राओ, प्रितम कोटल र सुरेश सिँह शुरुवाती ११ मा रहेका छन् ।

भारतले ब्रान्डान फर्नान्डेज, फारुख चौथरी र सुभाषिस बोस फाइनलका लागि अनुपस्थित रहेका खेलाडीहरु हुन् ।

Click to comment

Trending