राष्ट्रिय

विश्वकप छनोटको लागि २४ जना बन्द प्रशिक्षणमा 

Published

on

अर्को महिना दुबईमा आयोजना हुने महिला विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । 

क्यानले आज विज्ञप्ति जारी गर्दै २४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले आगामी बुधबारबाट बन्द प्रशिक्षण सुरु गर्ने पनि जनाएको छ । 

प्रतियोगितामा नेपाल बाहेक भुटान, चीन, हंगकंग, कुवेत, मलेसिया, म्यानमार र आयोजक युएईले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने पहिलो टोलीले दोश्रो चरणको छनोटको लागि स्थान सुरक्षित गर्नेछ ।   

नेपाली महिला टोलीले करिब दुई वर्ष पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् । नेपाली टोलीले पछिल्लो पटक नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साफ अन्तर्गत क्रिकेट खेलेको थियो ।  

बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु – रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता कुवर, कविता जोशी, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योति पाण्डे, करुणा भण्डारी, सरिता मगर, इश्वरी बिष्ट 

 

Click to comment

Trending