अन्तर्राष्ट्रिय

धोनीको चेन्नाईलाई चौथो आईपीएल उपाधि 

Published

on

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि हात पारेको छ । फाइनलमा कोलकाता नाइट राईडर्स माथि २७ रनको फराकिलो जित दर्ता गर्दै चेन्नाईले चौथो पटक आईपीएलको उपाधि चुम्न सफल भएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १९२ रनको विशाल योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १६५ रनमात्र बनाउन सक्यो ।  

कोलकाताको तर्फबाट ओपनरद्वय भेन्कटेश ऐयरशुबमन गिल दुवैले अर्धशतकीय पारी खेले पनि त्यस पछिका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा कोलकाता उपविजेतामा सीमित हुन पुग्यो । गिलले ४३ बलमा सर्वाधिक ५१ तथा ऐयरले ३२ बलमा ५० रनको पारी खेले ।    

चेन्नाईको तर्फबाट ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए । ५९ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । डु प्लेसिसले बाहेक मोएन अलीले अविजित २७, रुतुराज गाइकवाडले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३१ रनको योगदान दिए ।

कोलकाताका सुनिल नारायणले सर्वाधिक दुई तथा शिवम मावीले एक विकेट आफ्नो नाममा दर्ता गराए ।     

@wesportzनेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दशैंको टिका लगाउँदै ।##viral ##foryou ##fyp ##fypシ ##nepalifootball ##saffchampionship2021 ##abdullahalmutairi ##nepalvsindia ##nepvsind ##nepalvsindia???? ##dashain♬ original sound – Bimal Adhikari

 

Click to comment

Trending