अन्तर्राष्ट्रिय

कोलकाता आईपीएलको फाइनलमा, दिल्ली तेश्रो 

Published

on

दिल्ली क्यापिटल्स माथि तीन विकेटको रोमान्चक जित हात पार्दै कोलकाता नाइट राईडर्स १४ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ ।

कोलकाताले अब तेश्रो आईपीएलको उपाधिका लागि तीन पटकको च्याम्पियन चेन्नाई सुपर किंग्सको सामना गर्नेछ।  आजको खेलमा पराजित हुँदा दिल्लीको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ र यस पटक तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

टस जितेर दिल्लीलाई ब्याटिङ गर्न लगाएको कोलकाताले २० ओभरमा पाँच विकेटको क्षतिमा १३५ रनमा रोक्न सफल भयो भने सात विकेट गुमाएर एक बल अगावै जित हात पार्यो । 

सुरुवात निकै राम्रो गरेको कोलकाताले सात रनको अन्तरालमा छ विकेट गुमाउँदा जितका लागि अन्तिम ओभर सम्म कुर्न पर्यो । कोलकाताको तर्फबाट खेलको म्यान अफ द म्याच घोषित भेन्कटेश ऐयरले सर्वाधिक ५५ रन बनाए भने अर्का ओपनर शुबमन गिलले पनि ४६ रनको पारी खेले । उनीहरुले पहिलो विकेटका लागि १२ दशमलब दुई ओभरमा ९६ रन जोडे ।

दिल्लीको तर्फबाट शिखर धवनले सर्वाधिक ३६ रन जोडे भने श्रेयस ऐयरले अविजित ३० रन बनाए ।

 

 

Click to comment

Trending