Headline

२८ बर्षपछि भारतसँग फुटबल फाइनलमा भिड्दै नेपाल

Published

on

सुनिल क्षेत्रीले दुई गोल गरेपछि भारतले साफ च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा नेपालले २८ बर्षपछि भारतको सामना गर्न गइरहेको हो । मालेमा आफ्नो अन्तिम लिग खेलमा आयोजक माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो ।

भारत साफ च्याम्पियनसिपको सात पटक बिजेता हो भने बंगलादेशलाई बुधबारको पहिलो तथा लिगको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोकेको नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग बराबरी खेलेपछि प्रतियोगिताको समुह चरणबाटै बाहिरिने खतरामा रहेको भारत त्यसपछिको लगातार दुई खेल जित्दै अन्त्यमा ८ अंकका साथ लिग बिजेता बन्यो ।

मनविर सिँहको गोलले पछाडी परेपछि माल्दिभ्सलाई अलि अस्फाकले पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काएका थिए । तर क्षेत्रीले आफ्नो ७८ र ७९ औं अन्र्ताष्ट्रिय गोल गर्दै भारतलाई फाइनलमा पुर्याउन सफल भए ।

क्षेत्रीले प्रतियोगितामा चार गोल गरिसकेका छन् भने अस्फाक तीन गोल सहित सर्वाधिक गोलकर्ताको दोश्रो स्थानमा पुगे ।

बुधबारको पहिलो खेलमा अञ्जन बिष्टको पेनाल्टीमा बंगलादेशसँग बराबरी गरेको नेपाल ७ अंक सहित दोश्रो स्थानमा रहदै साफ च्याम्पियनसिपको २८ बर्षे इतिहासमा पहिलो पटक फाइनल प्रवेश गर्न सफल रह्यो ।

नेपालको सबैभन्दा ठूलो उपलब्धि १९९३ मा पाकिस्तानमा भएको पहिलो साफ च्याम्पियनसिपको तेश्रो स्थान हो भने यसबाहेक नेपाल पाँच पटक सेमिफाइनल प्रवेश गरेको थियो । बंगलादेशमा भएको अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो ।

सिनियर टिममात्रै सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक २०१६ मा एएफसी सोलिडारिटी कप जितेको नेपालले भारतसँग २३ औं पटक अन्तर्राष्ट्रिय फुटबलमा भिड्दैछ ।

यसअघि दुई टिमबीच भएका २२ भिडन्तमा भारतले १५ पटक बाजी मारेको छ भने नेपालले जम्मा दुई पटक जित हात पारेको छ । पहिलो जित २०१३ को साफ च्याम्पियनसिप समुह चरणमा थियो ।

त्यसअघि नेपालले ढाकामा भएको १९९३ को दक्षिण एसियाली खेलकुदमा भारतलाई टाई ब्रेकरमा पराजित गरेको थियो ।

Click to comment

Trending