Headline

नेपाल साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा

Published

on

अञ्जन बिष्टले ८७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेपछि नेपाल साफ च्याम्पियनसिप इतिहासको एतिहासिक फाइनल पुगेको छ ।

साफको २८ बर्षको इतिहासमा नेपाल हालसम्म सेमिफाइनलसम्म मात्र स्थान बनाउन सफल भएको थियो । बराबरीले फाइनलमा स्थान बनाउन पर्याप्त रहेको नेपाललाई बंगलादेशले निकै संघर्ष गराएको थियो ।

नवौं मिनेटमै सुमन रेजाको गोलमा अग्रता लिएको बंगलादेश ७८ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । अञ्जनले प्रहार गरेको बललाई बक्स बाहिरबाट आउदै गोलकिपर जिको मलिकले हातले रोकेपछि सोझै रेड कार्ड खार्दै बाहिरिएका थिए ।

नेपालले त्यसपछि निरन्तर दवाब बनाउदै गर्दा निर्धारित समयको चार मिनेट बाकी रहँदा बराबरी गोल फर्कायो । अञ्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनले नै गोल गरेका थिए । नेपालको लागि उनको छैटौं अन्तर्राष्ट्रिय गोल हो ।

नेपालले दवाब बनाइरहदा नवौं मिनेटमा बंगलादेशले अग्रता पायो । जमाल भुयाँको फ्रि किकमा सुमन रेजाले गोललाइन नजिकैबाट फ्रि हेडरमा गोल गरेका थिए ।

१५ औं मिनेटमा आक्रमक भुमिकामा खेलिरहेका अनुभवी रोहित चन्दले गोल गर्ने सुनौलो अवसर खेर फाले । टिम बिल्डमा बनेको राम्रो मुभमा आयष घलानले डि एरिया भित्रबाट निकालेको पासलाई रोहितले नजिकैबाट गोलको दिशा दिन असफल रहे ।

२४ औं मिनेटमा अञ्जन बिष्टको सुन्दर फ्रि–किलाई बंगलादेश गोलकिपर जिको मलिकले पञ्च गर्दै बचाएका थिए । अन्तिम समयमा रोहितको क्रसमा आयुषको शक्तिशाली हेडर बाहिरिएको थियो ।

आयुषले दोश्रो हाफ शुरु भएको ८ मिनेटपछि हेडरमा गोल गर्न चुकेलगत्तै नेपाललाई गोलकिपर किरण चेम्जोङले गोल खानबाट बचाएका थिए । उनले वान भर्सेस वान स्थितिमा रेजाको प्रहारलाई खुट्टाले छेकेकका थिए । ७१ औं मिनेटमा गौतम श्रेष्ठको पासमा रोहितको हेडर थारैले मात्र बाहिरिएको थियो ।

अर्को खेलमा माल्दिभ्स र भारत भिड्ने छ । उक्त खेलबाट फाइनलमा स्थान बनाउन भारतले जित्नै पर्ने दवाब छ ।

Click to comment

Trending