Headline

साफ च्याम्पियनसिपः नेपाल बंगलादेशबिरुद्ध एक गोलले पछाडी

Published

on

साफ च्याम्पियनसिपको निकै महत्वपूर्ण तथा अन्तिम लिग खेलमा नेपाल बंगलादेशसँग पलिहो हाफमा एक गोलले पछि परेको छ ।

मालेमा बराबरीले मात्रै पनि इतिहासकै पहिलो च्याम्पियनसिप खेल्ने अवसर रहेको खेलमा नेपालले शुरुवातमै गोल खान पुगेको थियो ।

नेपालले दवाब बनाइरहदा नवौं मिनेटमा बंगलादेशले अग्रता पायो । जमाल भुयाँको फ्रि किकमा सुमन रेजाले गोललाइन नजिकैबाट फ्रि हेडरमा गोल गरेका थिए ।

१५ औं मिनेटमा आक्रमक भुमिकामा खेलिरहेका अनुभवी रोहित चन्दले गोल गर्ने सुनौलो अवसर खेर फाले । टिम बिल्डमा बनेको राम्रो मुभमा आयष घलानले डि एरिया भित्रबाट निकालेको पासलाई रोहितले नजिकैबाट गोलको दिशा दिन असफल रहे ।

२४ औं मिनेटमा अञ्जन बिष्टको सुन्दर फ्रि–किलाई बंगलादेश गोलकिपर जिको मलिकले पञ्च गर्दै बचाएका थिए । अन्तिम समयमा रोहितको क्रसमा आयुषको शक्तिशाली हेडर बाहिरिएको थियो ।

अर्को खेलमा माल्दिभ्स र भारत भिड्ने छ । उक्त खेलबाट फाइनलमा स्थान बनाउन भारतले जित्नै पर्ने दवाब छ ।

Click to comment

Trending