Headline

जर्मनी कतार बिश्वकपको टिकट काट्ने पहिलो टोली

Published

on

टिमो वेर्नरको दुई गोलको मद्दतमा जर्मनी २०२२ कतार बिश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । तर बेल्जियमले भने वेल्सको जितपछि अर्को एक खेल कुर्नु पर्ने भएको छ ।

सोमबार युरोपियन छनौटमा जर्मनीले नर्थ मेसेडोनियामाथि ४–० को फराकिलो जित हात पारेपछि समुह जे मा दुई खेल बाकी रहेको स्थितिमा ८ अंकको अग्रता लिदै बिश्वकपमा स्थान बनाएको हो । जर्मनीले एक मात्र हार व्यहोर्ने क्रममा नर्थ मेसेडोनियासँगै घरेलु मैदानमै २–१ ले स्तब्ध भएको थियो ।

तर सोमबार उसले त्यो पराजयको बदला लिदै दुई खेल बाँकी रहेको स्थितिमै बिश्वकपमा स्थान बनायो । यो सिजन हामीले पाँच मध्यै पाँच खेल जितेका छौं, जर्मनीका नयाँ प्रशिक्षक ह्यान्सी फ्लिकले भने ।

अवे खेलमा जर्मनीले जित हात पार्दै आर्मेनियाले रोमानियासँग जित हात पार्न नसके उ बिश्वकपलाई छनौट हुने थियो । पहिलो हाफमा गोल नभएपछि, काई ह्याभर्ट्जले दोश्रो हाफ शुरु भएको पाँच मिनेटमा जर्मनीलाई अग्रता दिलाए । त्यसपछि वेर्नरले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै जर्मनीलाई कतारको टिकट कटाए ।

१८ बर्षिय जमल मुसियालाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै जर्मनीको जितलाई फराकिलो बनाएका थिए । मुसियाला १ सय ११ बर्षमा जर्मनीका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । यसअघि १९१० मा स्विट्जरल्याण्डबिरुद्ध भएको खेलमा मारियस हिलरले १७ बर्षको उमेरमा जर्मनीका लागि गोल गरेका थिए ।

यही समुहको अर्को खेलमा रोमानियाले आर्मेनियालाई १–० ले पराजित गर्यो ।

समुह इ मा वेल्सले इस्टोनियामाथि १–० को सांघुरो जित हात पारेपछि बेल्जियमले कुर्नु पर्ने भएको छ । बेल्जियम भन्दा पाँच अंक पछाडी रहेको वेल्स दुई खेल बाकी रहेका कारण अझै पनि शिर्ष स्थान हात पार्दै बिश्वकप छनौट हुने अवस्थामा छ ।

बेलारुसलाई २–० ले पराजित गरेको चेक रिपब्लिक अझै पनि दोश्रो स्थानको दावेदारीमा कायमै छ भने वेल्ससँग अंकमा बराबरी गरेपछि एक खेल बढी खेलेको छ ।

Click to comment

Trending