अन्तर्राष्ट्रिय

बेंगलोरको फाइनल खेल्ने सपना फेरी पनि अधुरो, कोलकाता क्वालिफायर्समा 

Published

on

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोर माथि चार विकेटको रोमान्चक जित निकाल्दै कोलकाता नाइट राईडर्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा प्रवेस गरेको छ ।   

आजको हार पछि बेंगलोरको फाइनल खेल्ने सपना फेरी तुहिएको छ भने चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । कोलकाताले भने फाइनल प्रवेशका लागि अब दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।    

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले राम्रो सुरुवातका बाबजुद पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १३८ रनको झिनो योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको कोलकाताले दुई बल अगावै छ विकेट गुमाएर लक्ष्य पार गर्यो । 

कोलकाताको जितमा नारायणले बलिङ तर्फ चार विकेट हात पारे भने ब्याटिङ तर्फ १५ बलमा २६ रनको आक्रामक पारी खेले । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नारायणले आफूले खेलेका सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै नयाँ किर्तिमान पनि कायम गर्न सफल भए ।

कोलकाताको जितमा ओपनरद्वय शुबमन गिलभेन्कटिश अयेरले क्रमश २९ र २६ रन तथा नितिश रानाले २३ रनको योगदान दिए ।

बेंगलोरका मोहम्मद सिराज, हर्षल पटेल र युज्बेन्द्र चाहालले किफायती बलिङ गर्दै  समान २-२ विकेट लिए पनि आफ्नो टोलीलाई जित भने दिलाउन असमर्थ रहे ।      

पहिलो विकेटका लागि कप्तान विराट कोहली र देवदत्त पड्डीकलले पाँच दशमलब एक ओभरमा ४९ रन जोड्दै आक्रामक सुरुवात दिलाए पनि त्यस पछि बेंगलोरले पछि ८९ रन मात्र जोड्न सक्दा सानो योगफलमा नै खुम्चिन पुग्यो ।  

बेंगलोरको तर्फबाट कोहलीले ३३ बलमा सर्वाधिक ३९ रन जोडे भने पड्डीकलले पनि २१ रन बनाए । त्यस बाहेक ग्लेन म्याक्सवेलले १५, शहबज अहमदले १३ तथा एबी डि भिलियर्सले ११ रनको पारी खेले ।    

बेंगलोरको पारी ध्वस्त पार्ने क्रममा सुनिल नारायणले चार ओभर बलिङ गर्दै मात्र २१  रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने लोकी फर्गुसनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।   

 

 

Click to comment

Trending