Headline

बिश्वकप दक्षिण अमेरिकी छनौटः उरुग्वेमाथि अर्जेन्टिनाको फराकिलो जित

Published

on

आकर्षक खेल पस्कदै अर्जेन्टिनाले दक्षिण अमेरिकी बिश्वकप छनौटमा उरुग्वेमाथि ३–० को शान्दार जित हात पारेको छ ।

बुनोस आएरेसमा भएको खेलमा अर्जेन्टिनाको अपराजित यात्रालाई कायमै राख्ने क्रममा सुपरस्टार लियोनल मेस्सीले गोलको खाता खोले भने रोद्रिगो डी पउल र लउटारो मार्टिनेजले पनि १–१ गोल गरेका थिए ।

जितसँगै अर्जेन्टिनाले शिर्ष स्थानमा रहेको ब्राजिलसँगको दुरी ६ अंकमा छोट्याएको छ । यसअघि लगातार ९ खेलमा जित हात पारेको ब्राजिलको १० खेलबाट २८ अंक भएको छ भने अर्जेन्टिनाको २२ अंक छ । ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

“हामीले निकै उत्कृष्ट खेल खेल्यौं र मलाई लाग्छ हाम्रो टोली सुधारिदै आएको छ । यो हाम्रो लागि गाह्रो खेल थियो तर जित्न निकै आवश्यक थियो । उरुग्वे कठिन टोली हो । हामीले पहिलो गोल गरेपछि थप मौका बनाउदै गएको थियौं,” मेस्सीले खेलपछि भने ।

सनसनीपूर्ण पहिलो हाफमा दुवै टोलीको प्रहार क्रसबारमा लाग्दा अर्जेन्टिनाले अग्रता बनायो । खेलमा उत्कृष्ट देखिएका स्टार लुईस सुवारेजको दुई भलिलाई अर्जेन्टिना गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए । अर्जेन्टिनाका लागि लो सेल्सोको प्रहार क्रसबारमा लागेको थियो ।

डि एरियाबाट मेस्सीको लो ड्राइभ पोस्टमा लाग्दै गोल भएपछि अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । मेस्सीका चिपलाई निकोलस गोन्जालेजले मिस गरेका थिए भने गोलकिपर फर्नान्डो मुस्लेराले केही पनि गर्न नसकेपछि गोल हुन पुगेको थियो ।

मेस्सीको पासमा आएको बललाई मार्टिनेजले गरेको प्रहार पोस्ट तिर नभई डी पउलको खुट्टामा झर्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । ६२ औं मिनेटमा डी पउलकै क्रसलाई ट्याप इन गर्दै मार्टिनेजले जित सुनिश्चित पारेका थिए ।

Click to comment

Trending