Headline

दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पहिलो पटक अंक गुमायो

Published

on

२०२२ कतार बिश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनौटमा टेबल टपर ब्राजिलले पहिलो पटक अंक गुमाएको छ । अवे खेलमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो ।

कोपा अमेरिका उपबिजेता ब्राजिलले यसअघिका सबै ९ खेलमा जित हात पारेको थियो तर बारांकिलामा उ आफ्नो उत्कृष्ट भन्दा धेरै पर थियो । खेलमा ब्राजिलले नै गोल गर्ने मौकाहरु बनाएको थियो तर फ्रेड, रफिन्हा र एन्थोनी गोल गर्न चुकेका थिए ।

बराबरी नै भएपनि ब्राजिल अझै पनि १० खेलबाट २८ अंकका साथ ६ अंकले शिर्ष स्थानमा अगाडी नै रहेको छ । कोलम्बिया १३ अंकका साथ पाचौं स्थानमा रहेको छ ।

एक घण्टा पछि खेलमा रफिन्हालाई प्रवेश गराएपछि ब्राजिलको खेलमा परिवर्तन आएको थियो । खेल सकिन पाँच मिनेट बाकी रहेको स्थितिमा रफिन्हाले निकालेको उत्कृष्ट क्रस एन्थोनीले भेट्टाएपनि उनको प्रहारलाई कोलम्बिया गोलकिपर डेभिड ओस्पिनाले बचाएका थिए ।

पहिलो हाफमा पेरिस सेन्ट जर्माइन स्टार नेमारले खेललाई नियन्त्रणमा राख्दै कोलम्बियामाथि निरन्तर दवाब बनाएका थिए । कोलम्बियाका लागि हवा क्विटेरो र राफेल बोरेले गोल गर्ने मौका खेर फालेका थिए ।

बिहिवार कोलम्बियाले इक्वेडरको सामना गर्नेछ भने ब्राजिलले शुक्रबार उरुग्वेसँग खेल्नेछ । १० टोली रहेको दक्षिण अमेरिकी छनौटबाट शिर्ष स्थानमा रहने चार टोली बिश्वकपका लागि क्वालिफाइ हुनेछन् ।

Click to comment

Trending