अन्तर्राष्ट्रिय

दिल्लीलाई पराजित गर्दै चेन्नाई आईपीएलको फाइनलमा 

Published

on

दिल्ली क्यापिटल्स माथि चार विकेटको रोमान्चक जित निकाल्दै चेन्नाई सुपर किङ्स १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । यससँगै तीन पटकको विजेता चेन्नाईले नवौँ पटक फाइनलमा स्थान बनाएको हो । 

ओपनर पृथ्वी श र कप्तान रिशब पन्तको अर्धशतकको मद्दतमा दिल्लीले पाँच विकेटको नोक्सानीमा १७२ रनको चुनौतीपूर्ण योगफल बनायो भने जबाफी ब्याटिङ गरेको चेन्नाईका रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले पछि चेन्नाईले दुई बल अगावै छ विकेट गुमाएर रोमान्चक जित निकालेको हो ।

पारीको अन्त्य तिर चेन्नाई केही दबाबमा आए पनि कप्तान महेन्द्र सिंह धोनीले छ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा अविजित १८ रन प्रहार गर्दै आफ्नो टोलीलाई फाइनलको यात्रा तय गरेका थिए । धोनीले अन्तिम ओभरमा १३ रन आवश्यक परेको अवस्थामा तीन चौका प्रहार गरेका थिए ।     

दिल्लीले फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राईडर्स बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

चेन्नाईको जितमा ओपनर गायकवाडले ५० बलमा सर्वाधिक ७० रन बनाए भने उथप्पाले ४४ बलमा ६३ रनको पारी खेले । १७३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ओपनर फाफ डु प्लेसिस (दुई बलमा एक रन) लाई पहिलो ओभरमा नै गुमाए पनि   गायकवाड र उथप्पाले दोश्रो विकेटका लागि ११० रनको साझेदारी गर्दै जितको आधार बुने । 

त्यस पछि आएका शार्दुल ठाकुर गोल्डेन डक आउट, अम्बाती रायुडू एक तथा मोइन अली १६ रनमा आउट भए । 

दिल्लीका टम कर्रनले सर्वाधिक तीन विकेट हात पारे ।

दिल्लीको तर्फबाट ओपनर शले ३४ बल खेल्दै सर्वाधिक ६० रन बनाए भने कप्तान पन्तले ३५ बलमा अविजित ५१ रनको पारी खेल्दा शिम्रोन हेटमायरले पनि ३७ रनको योगदान दिए ।

 

@wesportzSunil Chhetri goal against Nepal in SAFF Championship. ##saffchampionship2021 ##sunilchhetri ##viral ##foryou ##fyp ##tiktokindia ##aiff ##tiktok_india ##sunilchhetri ##indianfootball??

♬ original sound – Anthem Hub

Click to comment

Trending