Headline

नेपाल–भारत पहिलो हाफ बराबर, सुनिल क्षेत्री खाली पोस्टमै गोल गर्न चुके

Published

on

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ बराबरीमै टुँगिदा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्ने मौकालाई अविश्वसनीय रुपले खेर फालेका छन् ।

अधिकांश समय आफ्नै हाफमा बिताएको नेपालले पहिलो हााफमा खासै मौका बनाउन सकेन । ३४ औं मिनेटमा क्षेत्रीले खाली पोस्टमै गोल गर्न चुकेका थिए । प्रितम कोटलले गोललाईन नजिक नै निकालेको पासलाई नेपाली डिफेण्डर र गोलकिपर किरण चेम्जांग बिट भइसक्दा क्षेत्रीको ट्याप इन अविश्वसनीय रुपमा बाहिरिएको थियो ।

नेपालले भारतलाई मिडफिल्डबाटै राम्ररी चल्न दिएको छैन । २० औं मिनेटमा भारतीय क्षेत्रीले कर्नर किकबाट आएको बलमा प्रहार गरेको हेडर आकाशिएको थियो ।

४३ औं मिनेटमा क्षेत्रीले बक्सभित्र निकालेको पासलाई मनविर सिँहले नियन्त्रणमा राखेपनि रोहित चन्दले उत्कृष्ट डिफेन्डिंग गर्दै खतरा टारेका थिए ।

बराबरीमा पनि फाइनलको सम्भावना रहेको नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । भारतले भने दोश्रो स्थानमा रहेको माल्दिभ्ससँग खेल्नेछ । नेपाल र माल्दिभ्सको समान ६ अंक छ भने बंगलादेशको चार र भारतको दुई अंक रहेको छ ।

Click to comment

Trending