Headline

माल्दिभ्सको लगातार दोश्रो जित, श्रीलंका बाहिरियो

Published

on

आयोजक माल्दिभ्सले साफ च्याम्पियनसिपमा दोश्रो जित हात पारेको छ । स्टार स्ट्राइकर अलि अस्फाकले खेलको छैटौं मिनेटमा गरेको एक मात्र गोलको मद्दतमा माल्दिभ्सले श्रीलंकालाई १–० ले हरायो ।

हारसँगै श्रीलंका औपचारिक रुपमा साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । सबै चार खेलेको श्रीलंका एक बराबरीका साथ अंक तालिकाको पुछारमा रह्यो ।

जितपछि भने माल्दिभ्सले फाइनल समिकरणमा आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । लिगको अन्तिम खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।

माल्दिभ्स र नेपालको समान ६ अंक भएको छ भने नेपाल हेड टु हेडमा शिर्ष स्थानमा कायमै रहेको छ ।

नेपाल आइतबार राति नै दुई अंकका साथ चौथो स्थानमा रहेको भारतको सामना गर्न गइरहेको छ । मात्रै बराबरीले पनि नेपालको साफ च्याम्पियनसिप इतिहासमा प्रवेश गर्न सम्भावना बलियो हुन सक्छ ।

अन्तिम लिग खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ ।

Click to comment

Trending