Headline

आशा गरौं हामी भारतसँग ठूलो अन्तरले हार्दैनौं: अब्दुल्लाह

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिप अन्तर्गत आइतबार हुने खेलमा सबै हिसाबले भारतको बलियो पकड रहेको बताएका छन् ।

भारतले जित्ने ९५ प्रतिशत सम्भावना रहेको बताउदै आफू ठूलो अन्तरले हार व्यहोर्न नचाहेको बताएका छन् । “भारतबिरुद्धको खेल हाम्रो लागि निकै गाह्रो हुनेछ । भारत ७ पटकको बिजेता हो र साफ च्याम्पियनसिपको उपाधि अण्डर २३ टोली ल्याएर भएपनि जितेको छ,” अब्दुल्लाहले खेल अघिको प्रेस कन्फेरेन्समा भने ।

“भारतले खेल जित्ने सम्भावन ९५ प्रतिशत रहेको छ र हाम्रो लागि जम्मा एक प्रतिशत । चार प्रतिशत सम्भावना बराबरीको छ । आशा गरौं हामी ठूलो अन्तरले हार्ने छैनौं,” उनले भने ।

नेपाल आइतबार भारतसँग आफ्नो अन्तर्राष्ट्रिय फुटबलमा २२ औं पटक भिड्दैछ । नेपालले त्यसमा जम्मा दुई जित हात पारेको छ भने पाँच म्याच बराबरीमा टुँगिएका छन् । बाकी सबैमा भारत बिजयी भएको छ ।

पछिल्लो पटक नेपालमा भएको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा पनि भारत २–१ ले बिजयी भएको थियो । नेपालले ८ बर्ष यता भारतलाई हराउन सकेको छैन । पछिल्लो पटक नेपालले भारतलाई २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा पराजित गरेको थियो ।

“भारतसँग तुलना गर्ने नै हो भने उनीहरु पछिल्लो दुई वटा बराबरीपछि अन्तर्राष्ट्रिय बरियतामा १ सय १० वा ११ मा झरेका होलान् । नेपालको बरियता १ सय ६८ छ । भारतका प्रशिक्षक (इगोर स्टिम्याक) ले बिश्वकप खेलेका थिए, मैले कुवेतको राष्ट्रिय टोलीबाट पनि खेलिन । त्यसैले सबै कुरा भारतको हातमा छ । हामी फाइट गर्ने हो र आफ्नो उत्कृष्ट दिने कोशिषमा हुनेछौं,” उनले भने ।

कप्तान किरण चेम्जोङले अल्मुताइरीलाई दोहोर्याउदै नेपाल खेलका लागि अण्डरडग्स रहेको बताए । “हामी अण्डरडग्स टोली हौं र प्रतियोगिताको सबै खेलमा हामीलाई निकै संघर्ष गर्नु पर्ने आवश्यकता छ । भोली हामी त्यही गर्नेछौं,” किरण भन्छन् ।

हामीले राम्रो तैयारी गरेको छौं । कोचले भने जस्तै हाम्रो लागि खेल गाह्रो हुनेछ तर हामी अन्तिमसम्म लड्नेछौं । साफ च्याम्पियनसिप जित्ने हाम्रो सपना हो । त्यो सपनामा दुई कदम अगाडी बढाइसकेको छ र आफ्नो लक्ष्य पुरा गर्नका लागि अझै दुई कदम चाल्नु छ, उनले भने ।

@wesportzIndia’s winning chance against Nepal is 95% – Abdullah Almutairi ##foryou ##fyp ##saffchampionship ##nepalifootball ##anfa ##allnepalfootballassociation

♬ original sound – wesportz.com

Click to comment

Trending