Headline

सागर ढकाल बने एभरेष्ट प्रिमियर लिगका उत्कृष्ट खेलाडी

Published

on

चितवन टाइगर्सका बायाँ हाते स्पिनर सागर ढकाल एभरेष्ट प्रिमियर लिगको म्यान अफ द सिरिज घोषित भएका छन् । सागरले प्रतियोगिता अवधि १४ विकेट लिएका थिए ।

एभरेष्ट प्रिमियर लिगको एकै संस्करणमा सागर सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने । सागरले सबैभन्दा उत्कृष्ट प्रदर्शन क्वालिफायरमा पोखरा राइनोजबिरुद्ध दिएका थिए । उनले उक्त खेलमा चार विकेट लिएका थिए । सागरले पल्सर एन एस वान हन्ड्रेड मोटरसाइकल पाए ।

सागरले पाएको मोटरसाइकललाई मैदानमा अफगानी ओपनर मोहम्मद साहजादले चलाएका थिए ।

प्रतियोगिताको एमर्जिङ्ग प्लेयर चितवनकै भिम सार्की घोषित भए । दुई अद्र्धशतक प्रहार गरेका भिम प्रतियोगिताको दोश्रो सर्वाधिक स्कोरकर्ता बने । उनले कुल १ सय ९६ रन बनाएका थिए ।

यस्तै डेर टु ड्रिमको पुरस्कार फाइनल खेलको म्यान अफ द म्याच कमल सिँह ऐरिले पाए । कमलले १२ विकेट लिएका थिए । दुवै खेलाडीले समान ५१ हजार प्राप्त गरे ।

प्रतियोगिता च्याम्पियन चितवन टाइगर्सले ५० लाख पायो भने उपबिजेता पोखराले १५ लाख प्राप्त गर्यो । घरेलु क्रिकेटमा उपाधि बिजेताले पाएको यो अहिलेसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशी हो ।

Click to comment

Trending