Headline

कमलको उत्कृष्ट बलिङ्गमा पोखरा सामान्य योगफलमै खुम्चियो

Published

on

कमल सिँह ऐरिले अर्को उत्कृष्ट बलिङ्ग गर्दै चार विकेट लिएपछि एभरेष्ट प्रिमियर लिगको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई १ सय ११ रनमै सिमित पारेको छ ।

त्रिवि मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको पोखरले तिब्र शुरुवात गरेपनि १७ दशमलव ५ ओभरमा मात्रै १ सय ११ रन बनायो ।

रिचर्ड लेभी र बिपिन रावलले पहिलो विकेटका लागि चार ओभरभित्रै ३७ रन जोडेका थिए । तर अफगान अलराउण्डर करिम जन्नतले लेभिलाई पेभिलियन फर्काएपछि पोखराले ६ रनको अन्तरमा तीन विकेट गुमायो ।

लेभिले १५ बलमा चार चौका प्रहार गर्दै २६ रन बनाए । युवा ब्याट्स्म्यान रित गौतमलाई कमल सिँह ऐरिले आउट गरे भने कप्तान सोमपाल कामीले श्रीलंकन सहान आराचिगे (२) को महत्वपूर्ण विकेट लिए । असेला गुणरत्ने केही आकर्षक शटहरु खेल्दै रन बनाइरहदा पोखराले ओपनर बिपिन रावललाई गुमायो । बिपिनले १५ बलमा १७ रन बनाए ।

गुणरत्नेलाई अर्का श्रीलंकन सेकुगे प्रशन्नाले पेभिलियन फर्काउदा उनले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन जोडे । गुणरत्ने र कप्तान बिनोद भण्डारीले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए ।

कमलले १५औं ओभरमा बिबेक यादव र लोकेश बमको विकेट लिएपछि खेल पूर्ण रुपमा चितवनको पकडमा गएको थियो । प्रशन्नाले बिक्रम सोबलाई बोल्ड गर्दा पोखराले मात्रै १ सय ४ रनमा ८ विकेट गुमायो ।

अन्तिम ब्याट्स्म्यानको रुपमा आउट भएको बिनोद भण्डारीले २४ बलमा २२ रन बनाए । उनले दुई चौका प्रहार गरे । कमलले ३ दशमलव ५ ओभरमा २० रन मात्रै खर्चिएका थिए । करिम जन्नतले दुई विकेट लिए ।

Click to comment

Trending