Headline

ब्राजिलियन फुटबलरमाथि रेफ्रिको ज्यान लिने प्रयास गरेको अभियोग

Published

on

ब्राजिलको तल्लो डिभिजनको फुटबलमा एक खेलाडीलाई रेफ्रिको टाउकोमा प्रहार गरेपछि ज्यान मार्ने प्रयासको अभियोग लागेको छ ।

स्पोर्ट क्लब साओ पाओलोका खेलाडी विलियम रिबेरोले उनीबिरुद्ध फउल दिएपछि रेफ्रि रोद्रिगो क्रिभेलारोमाथि आक्रमण गरेका थिए । रिबेरोले रेफ्रिलाई खुट्टाले टाउकोमा प्रहार गरेका थिए । ग्वारानीबिरुद्धको उक्त खेल दोश्रो हाफपछि रद्द गरिएको थियो भने रेफ्रिलाई उपचारका लागि हस्पिटल लगिएको थियो ।

रेफ्रि क्रिभेलारोलाई पछि हस्पिटलबाट डिस्चार्ज गरिएको थियो भने क्बलले रिबेरोलाई बर्खास्त गरेको थियो ।

आफ्नो १ सय १३ औं बर्षगाँठ मनाइरहेको क्बले यो घटना आफ्नो इतिहासकै खराब रहेको र अब कस्तो कदम चाल्ने मुल्यांकन गरिरहेको बतायो ।

पोर्टो एलेग्रेबाट २ सय माइल टाढा रहेको रियो ग्राण्डे शहरको स्पोर्ट क्लब साओ पाउलो रियो ग्राण्डे डो सोल स्टेट च्याम्पियनसिपमा दोश्रो श्रेणीमा खेलिरहेको छ । एक दिनपछि सुचारु भएको खेलमा ग्वारानीले १–० को जित हात पारेको थियो ।

Click to comment

Trending