Headline

काठमाडौंलाई हराउदै भैरहवा एलिमिनेटरमा

Published

on

भैरहवा ग्लेडिएटर्स काठमाडौ किंग्स ११ लाई १६ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिगको दोश्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

जितका लागि १ सय ८९ रनको बिशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको सन्दिप लामिछानेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७२ रन मात्र बनाउन सक्यो । आकर्षक शुरुवात गरेको काठमाडौंको गति रोक्ने क्रममा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका थिए ।

कुशल र भैरहवाका लागि रायन बर्लको विकेट महत्वपूर्ण रह्यो । बर्ल शुन्यमै पेभिलियन फर्किएका थिए ।

श्रीलंकन ओपनर असन प्रियान्जनले काठमाडौंलाई खेलमा कायमै राखेपनि धम्मिका प्रसादले उनलाई बोल्ड गर्दै खेल भैरहवाको पक्षमा पारेका थिए । प्रियन्जनले ४८ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६८ रन बनाए ।

जनक प्रकासले १४ बलमा २८ र अमित श्रेष्ठले १९ रन बनाएका थिए । कुशल बाहेक आरिफ शेख र धम्मिकाले पनि भैरहवाका लागि २–२ विकेट लिएका थिए ।

यसअघि कप्तान शरद भेषावकरले बिष्फोटक ब्याटिङ्ग गरेपछि भैरहवाले बंगलादेशी ओपनर तमिम इक्बाल चल्न नसकेपनि विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

शरदले मात्र एक रनले इपिएलको तिब्र गतिको अद्र्धशतक बनाउन चुकेका थिए । उनले २० बलमा ४९ रन बनाए । इपिएलमा सबैभन्दा तिब्र गतिको अद्र्धशतक अफगानी अलराउण्डर अजमतुल्लाह ओमारजाईको नाममा रहेको छ । ललितपुर पेट्रियट्सका ओमारजाईले बिराटनगर वारियर्सबिरुद्ध २१ बलमा अद्र्धशतक पुरा गरेका थिए ।

शरदले पाचौं विकेटका लागि कुशल मल्लसँग ६१ रनको साझेदारी गरेका थिए । चार छक्का हिर्काएका कुशलले २० बलमा ३२ रन बनाए । शरदले सात चौका र तीन छक्का ठोके ।

त्यसअघि प्रदिप ऐरिले अर्को आकर्षक इनिङ्गस खेल्दै भैरहवालाई सम्हालेका थिए । तमिम ९ रनमा आउट भएपछि प्रदिपले श्रीलंकन उपुल थारँगासँग ४७ रनको साझेदारी गरेका थिए ।

प्रदिपले २७ बलमा ३९ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । थारँगाले ३३ बलमा पाँच चौकाको मद्दतमा ३५ रन बनाए । आरिफ शेखले १५ रन जोडे ।

काठमाडौंका लागि सन्दिप लामिछाने र असन प्रियन्जनले २–२ विकेट लिए । सन्दिपले अन्तिम ओभरमा मात्र तीन रन खर्चदै दुई विकेट लिएका थिए ।

 

Click to comment

Trending