Headline

सन्दिप आईसिसिको प्लेयर अफ द मन्थका लागि मनोनित

Published

on

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) को प्लेयर अफ द मन्थमा मनोनित भएका छन् ।

सन्दिप सेप्टेम्बरमा आईसिसि क्रिकेट बिश्वकप लिग टु र पपुवा न्यु गिनी बिरुद्धको दुई म्याचको एकदिवसीय श्रृंखलामा दिएको प्रदर्शनको लागि मनोनित भएका हुन् । उनले यस दौरान ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ३ दशमलव १७ को इकोनोमीमा १८ विकेट लिएका थिए ।

चोटका कारण सन्दिपले ओमानबिरुद्धको एक खेलमा भने बलिङ्ग गर्न सकेका थिएनन् । उनले पिएनजीबिरुद्धको दोश्रो एकदिवसीयमा करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ११ रनमा ६ विकेट लिएका थिए । यस्तै पहिलो एकदिवसीयमा चार विकेट र ओमानबिरुद्ध पनि उनले चार विकेट लिएका थिए ।

अमेरिकाबिरुद्धको दुवै एकदिवसीयमा सन्दिपले २–२ विकेट लिएका थिए ।

सन्दिपसँगै यस बिधामा बंगलादेशका नसुम अहमद, अमेरिकाका जसकरण मल्होत्रा रहेका छन् । आईसिसिले यसै बर्षदेखि शुरु गरेको यो पुरस्कारको निर्णय भोटिङ्गमार्फत हुनेछ ।

भोटिंगको ९० प्रतिशत पत्रकार, पुर्व खेलाडी, ब्रोडकास्टर र आईसिसि हल अफ फेमका सदस्यहरु रहेको आईसिसि भोटिंग एकेडेमीको हकमा रहनेछ । यसबाहेक समर्थकहरुले पनि भोट गर्न सक्नेछन् ।

यस पुरस्कारका लागि मनोनित हुने सन्दिप दोश्रो नेपाली खेलाडी हुन् । यसअघि ओपनर कुशल भुर्तेल नेदरल्याण्ड्स र मलेसियाबिरुद्ध नेपालमै भएको ट्राइ नेशन ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि मनोनित भएका थिए ।

Click to comment

Trending