Headline

शरदको बिष्फोटक ब्याटिङ्गमा भैरहवाको बिशाल योगफल

Published

on

कप्तान शरद भेषावकरले बिष्फोटक ब्याटिङ्ग गरेपछि भैरहवा ग्लेडिएटर्सले एभरेष्ट प्रिमियर लिगको एलिमिनेटरमा काठमाडौं किग्ंस ११ लाई १ सय ८८ रनको बिशाल लक्ष्य दिएको छ ।

त्रिवि मैदानमा बंगलादेशी ओपनर तमिम इक्बाल चल्न नसकेपछि मिडल अर्डरले मजबुत प्रदर्शन गर्दा भैरहवाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

शरदले मात्र एक रनले इपिएलको तिब्र गतिको अद्र्धशतक बनाउन चुकेका थिए । उनले २० बलमा ४९ रन बनाए । इपिएलमा सबैभन्दा तिब्र गतिको अद्र्धशतक अफगानी अलराउण्डर अजमतुल्लाह ओमारजाईको नाममा रहेको छ । ललितपुर पेट्रियट्सका ओमारजाईले बिराटनगर वारियर्सबिरुद्ध २१ बलमा अद्र्धशतक पुरा गरेका थिए ।

शरदले पाचौं विकेटका लागि कुशल मल्लसँग ६१ रनको साझेदारी गरेका थिए । चार छक्का हिर्काएका कुशलले २० बलमा ३२ रन बनाए । शरदले सात चौका र तीन छक्का ठोके ।

त्यसअघि प्रदिप ऐरिले अर्को आकर्षक इनिङ्गस खेल्दै भैरहवालाई सम्हालेका थिए । तमिम ९ रनमा आउट भएपछि प्रदिपले श्रीलंकन उपुल थारँगासँग ४७ रनको साझेदारी गरेका थिए ।

प्रदिपले २७ बलमा ३९ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । थारँगाले ३३ बलमा पाँच चौकाको मद्दतमा ३५ रन बनाए । आरिफ शेखले १५ रन जोडे ।

काठमाडौंका लागि सन्दिप लामिछाने र असन प्रियन्जनले २–२ विकेट लिए । सन्दिपले अन्तिम ओभरमा मात्र तीन रन खर्चदै दुई विकेट लिएका थिए ।

Click to comment

Trending