Headline

सागर र शाहबको उत्कृष्ट बलिंगमा पोखरा धराशायी

Published

on

बायाँ हाते स्पिनरद्वय सागर ढकाल र साहब आलमले उत्कृष्ट बलिंङ्गप्रदर्शन गरेपछि चितवन टाइगर्सबिरुद्ध पोखरा राइनोज एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा ६६ रनमै समेटिएको छ ।

त्रिवि मैदानमा बिहानको कण्डिसनमा टस हारी पहिलो फिल्डिंग गर्ने निर्णयलाई सहि साबित गर्दै सागर र शाहबले संयुक्त रुपमा ८ विकेट लिएपछि पोखरा १५ ओभरमा प्रतियोगिताकै न्युन योगफलमा समेटियो ।

यसअघिको न्युन योगफल बनाउने क्रममा बिराटनगर वारियर्स भैरहवा ग्लेडिएटर्सबिरुद्ध ८९ रनमा अल आउट भएको थियो ।

पहिलो विकेटका लागि सुनिल धमला र रिचर्ड लेभिले आकर्षक शुरुवात दिलाएपनि पोखरालाई अन्य ब्याट्स्म्यानहरुले निराश पारेका थिए । लेभि र धमलाले पहिलो विकेटका लागि पाँच ओभर भित्र ३३ रन जोडेका थिए ।

कप्तान सोमपाल कामीले लेभिलाई बोल्ड गर्दै पोखराको गतिमा ब्रेक लगाएका थिए । त्यसपछि सागर र शाहबले उत्कृष्ट बलिङ्ग गर्दै पोखरालाई ध्वस्त पारेका थिए ।

शाहबले चार ओभरमा मात्र १० रन दिए भने सागरले १४ रन खर्चिएका थिए । पोखराका लागि लेभिले सर्वाधिक १९ रन बनाए भने धमलाले ३१ बलमा १८ रन बनाए । त्यसबाहेक सबैभन्दा ठूलो योगफल बलर सुशन भारीको नाममा रह्यो ।

भारीले १४ बलमा १२ रन बनाए । सोमपाल बाहेक करिम जन्नतले पनि चितवनका लागि एक विकेट लिएका थिए ।

Click to comment

Trending