Headline

गिलो मैदानले सन्दिपको काठमाडौंलाई प्लेअफमा पुर्यायो

Published

on

एभरेष्ट प्रिमियर लिगको अन्तिम लिग खेल पनि गिलो मैदानका कारण हुन नसकेपछि सन्दिप लामिछानेको काठमाडौं किंग्स ११ प्लेअफमा पुगेको छ ।

त्रिवि मैदानमा मंगलवार बिहान ९ः३० को लागि तय भएको भैरहवा ग्लेडिएटर्सबिरुद्धको खेल सोमबार साँझ र रातिको अविरल बर्षाका कारण हुन सकेन । गिलो मैदान भएकोले मंगलवार खेल सम्भव नै हुन सकेन ।

खेल रद्द भएपछि भैरहवा र काठमाडौंले १–१ अंक बाडेका थिए । काठमाडौं र ललितपुरको समान ३ अंक रह्यो र रनरेटको आधारमा काठमाडौंले एलिमिनेटरमा स्थन बनाएको हो ।

गिलो मैदानको सबैभन्दा ठूलो प्रभाव भने भैरहवालाई पर्न गयो । एक अंक मात्र पाएपछि भैरहवा र पोखरा राइनोजको समान ७ अंक रह्यो ।

प्रतियोगिताको नियमावली अनुसार दुई टिमबीच अंक बराबर भएमा बढी खेल जित्ने टोलीलाई अगाडी राखिने रहेको छ । पोखराले ३ र भैरहवाले २ खेल जितेको थियो ।

प्रतियोगितामा अपराजित एक मात्र टोली भैरहवाको ललितपुरबिरुद्धको खेलमा दुवै टोलीको रन बराबर भएपनि खराब प्रकाशका कारण अंक बाडिएको थियो । यस्तै पोखरा र काठमाडौंबिरुद्धको खेल रद्द हुन पुग्यो ।

पहिलो पटक प्लेअफमा स्थान बनाएको पोखरा सोझै क्वालिफायरमा पुगेको छ भने उसले बुधबारको पहिलो खेलमा चितवन टाइगर्सको सामना गर्नेछ । दुवै टोली पहिलो पटक इपिएलको क्वालिफायर्समा भिड्न गइरहेका हुन् ।

क्वालिफायरमा पराजित हुने टोलीले काठमाडौं र भैरहवाबीचको एलिमिनेटरको बिजेतासँग खेल्नेछ । दोश्रो क्वालफिायरमा पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको बिजेताले खेल्नेछन् ।

Click to comment

Trending