Headline

साफ च्याम्पियनसिपः नेपाललाई पहिलो फाइनल पुग्ने बलियो आधार

Published

on

श्रीलंकालाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गरेको नेपालको लागि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने आधार बनेको छ ।

सुमन लामा, अञ्जन बिष्ट र आयुष घलानको गोलमा नेपालले सोमबार श्रीलंकामाथि जित हात पार्दै शिर्ष स्थानमा कब्जा जमायो । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालको दुई खेलबाट ६ अंक भएको छ ।

दोश्रोमा रहेको बंगलादेशको चार अंक छ भने भारतको एक र श्रीलंका र माल्दिभ्स जितविहिन छन् । एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष दुई टोली सिधै फाइनल खेल्नेछन् ।

पाँच दिन बिश्रामको समय रहेको नेपालले तेश्रो खेलमा अर्को साता आइतबार भारतको सामना गर्नेछ भने अन्तिम लिग खेलमा बुधबार बंगलादेशसँग खेल्नेछ ।

नेपाललाई अब दुई बराबरीले पनि फाइनल पुग्न मद्दत गर्न सक्छ तर त्यसअघि उसलाई अन्य खेलको नतिजाहरुले साथ दिनु पर्नेछ । भारत र माल्दिभ्सले अझै तीन खेल खेल्न बाँकी रहेको छ र यी दुई टोलीका खेलहरुको नतिजाले नेपालको लागि फाइनल समिकरण स्पष्ट बन्नेछ ।

लिगको अन्तिम खेलमा भने माल्दिभ्स र भारत आमने–सामने हुनेछन् । भारतसँग पराजित भएको खण्डमा पनि नेपालले बंगलादेशलाई पराजित गरे फाइनल पुग्नेछ ।

Click to comment

Trending