Headline

साफ च्याम्पियनसिपः भारत १० खेलाडीमा सिमिति बंगलादेशसँग रोक्कियो

Published

on

भारत साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा सिमित बंगलादेशसँग १–१ गोलको बराबरीमा रोक्किएको छ ।

मालेमा सोमबार भएको खेलमा भारतले कप्तान सुनिल क्षेत्रीको गोलबाट अग्रता लिएको थियो । क्षेत्रीको ७५ औं अन्तर्राष्ट्रिय गोल हो । येसिन अराफातले जमल भुयानको कर्नरमा खेलको ७४ औं मिनेटमा हेडर मार्फत गोल गर्दै बंगलादेशलाई महत्वपूर्ण अंक दिलाएका हुन् ।

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेश चार अंकका साथ शिर्ष स्थानमा रहेको छ । बंगलादेशका बिश्वनाथ घोषले लास्ट म्यानको रुपमा गरेको फउलका कारण सोझै रड कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

खेलमा पोजेसन भारतले बढी लिए पनि बंगलादेशले केही राम्रा अवसरहरुको सृजना गरेको थियो । तर उसले कुनै पनि समय भारतलाई खेलमा पछि पार्न सकेन ।

नेपालले सोमबार नै आफ्नो दोश्रो खेलमा श्रीलंकाको सामना गर्न गइरहेको छ । पहिलो खेलमा माल्दिभ्समाथि साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक ऐतिहासिक जित हात पारेको नेपाललाई अंक तालिकाको शिर्ष स्थानमा उक्लने अवसर रहनेछ ।

पाँच टिम रहेको यस पटकको संस्करणमा राउण्ड रोबिन लिगपछि शिर्ष दुई स्थानमा रहने टोलीले सोझै फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेश्रो खेलमा भारत र चौथोमा बंगलादेशको सामना गर्नेछ ।

Click to comment

Trending