Headline

पोखरा क्वालिफायर नजिक, काठमाडौं बाहिरिने खतरामा

Published

on

सन्दिप लामिछानेको काठमाडौं किंग्स ११ लाई डकवर्थ लेविस नियममा १४ रनले पराजित गर्दै पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा एक कदम अगाडी बढाएको छ ।

त्रिवि मैदानमा भएको दोश्रो खेलमा अमित श्रेष्ठ र रायन बर्लको अद्र्धशतकसँगै सन्दिप लामिछानेको धुवाधार ब्याटिङ्गको मद्दतमा काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रनको बिशाल योगफल खडा गर्यो ।

निकै कमजोर अवस्थामा रहेको पोखरालाई एक पटक फेरि बिबेक यादवले सहान आराचिगेसँग मिल्दै उद्दार गरे । पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाउदै १ सय ४२ रन बनाउदा घनघोर बर्षा भएपछि खेल बाकी पाँच ओभरको खेल असम्भव बनेको थियो ।

डकवर्थ लेविस नियममा पोखरा १४ रनले अगाडी रह्यो । पोखरा पाँच वटै खेल समाप्त भइसक्दा ७ अंक सहित दोश्रो स्थानमा रहेको छ । चितवन टाइगर्स ८ अंकका साथ प्लेअफमा प्रवेश गरिसकेको छ ।

क्वालिफायरका लागि अब पोखरा र भैरहवा ग्लेडियेटर्सको मात्र सम्भावना रहेको छ । ६ अंक रहेको भैरहवाले मंगलवार काठमाडौंसँग लिगको अन्तिम खेल खेल्नेछ । जित हात पार्ने हो भने भैरहवा क्वालिफायरमा पुग्नेछ तर हार्ने हो भने पोखरा क्वालिफायरमा पुग्नेछ ।

काठमाडौंका लागि मंगलवारको खेल जित्नै पर्ने बाध्यता छ तर गिलो मैदानका कारण खेल नुहने हो भने उ तीन अंकका साथ एलिमिनेटरमा भैरहवासँगै खेल्नेछ ।

मंगलवार खेल भएर काठमाडौं पराजित हुने हो भने ललितपुर पेट्रियट्स तीन अंकका साथ एलिमिनेटरमा प्रवेश गर्नेछ ।

काठमाडौंका तिब्र गतिका बलरद्वय गुल्सन झा र जितेन्द्र मुखियाले २–२ विकेट लिएपछि पोखराले पहिलो ६ ओभरमा मात्र ३६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । त्यसपछि बिबेकले श्रीलंकन सहान अराचिगेसँग ७७ रनको आकर्षक साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

यो प्रतियोगितामा हालसम्म आउट नभएका बिबेकले २८ बलमा ४१ रन बनाउदै नटआउट रहे । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

कप्तान सन्दिप लामिछानेले आराचिगेको विकेट लिदै पोखरामाथि थप दवाब बढाए । आराचिगेले २३ बलमा ४३ रन जोड्ने क्रममा चार चौका र तीन छक्का प्रहार गरे । बर्षाले खेल रोकिनु अघि पोखराले छरितो रुपमा रन बटुल्ने कामलाई निरन्तरता दिएको थियो ।

पहिलो दुई विकेट सस्तैमा गुमाएको काठमाडौंलाई सम्हाल्ने क्रममा अमित श्रेष्ठ र रायन बर्लले तेश्रो विकेटको लागि १ सय ४ रनको शान्दार साझेदारी गरेका थिए । प्रतियोगिताको पहिलो अद्र्धशतक बनाउने क्रममा अमितले ४१ बलमा ५६ रन बनाए । उनको नाममा ६ चौका र २ छक्का रह्यो ।

बर्लले ४३ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ५० रन जोडे । प्रतियोगितामा यो उनको दोश्रो अद्र्धशतक हो ।

काठमाडौंलाई राम्रो फिनिसिङ्ग दिने काम कप्तान सन्दिप लामिछानेले गरेका थिए । सन्दिपले मात्र ११ बलमा ३१ रन बनाएका थिए । सन्दिपले तीन छक्का र दुई चौका हिर्काए ।

पोखराका लागि बिबेकले अन्तिम ओभरमा ७ रन खर्चदै तीन विकेट लिएका थिए । बिक्रम सोब, नन्दन यादव र साहनले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending