Headline

पुर्व फिफा रेफ्रि लव खत्रीको असमायिक निधन

Published

on

पुर्व फिफा रेफ्रि लव खत्रीको असमायिक निधन भएको छ । ५० बर्षिय खत्रीको आफ्नै घरको बाथरुममा लडेर निधन भएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

खत्रीलाई भैसीपाटीस्थित मेडिसिटी हस्पिटल लगिएको र त्यहा उनलाई मृत घोषित गरिएको थियो । खत्री रेफ्रि एशोसिएसनको महासचिव रहेका थिए ।

२०१८ मा रेफ्रिको रुपमा सन्यास लिएका खत्रीको श्रीमती र एक छोरा छन् । उनी रेफ्रि प्रशिक्षकको रुपमा काम गरिरहेका थिए ।

एन्फाले उनको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि एन्फा परिसर सातदोबाटोमा राखेको थियो । रेफ्रिको रुपमा व्यवसायिक करिअर शुरु गर्नु अघि उनले ललितपुरका तीनवटै क्लब थ्रि स्टार, जावलाखेल युथ र फ्रेण्ड्सबाट शहीद स्मारक ए डिभिजन लिग पनि खेलेका थिए ।

Click to comment

Trending