Headline

चितवन पहिलो पटक इपिएलको क्वालिफायरमा, ललितपुरलाई काठमाडौंको हारको भर

Published

on

सोमपाल कामीको चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिगको क्वालिफायरमा प्रवेश गरेको छ ।

आइतबार लगातार चौथो जित हात पार्ने क्रममा यसअघि नै प्ले अफमा स्थान बनाएको चितवनले डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पेट्रियट्समाथि पाँच विकेटको सहज जित हात पार्यो ।

कमल सिँह ऐरिले तीन विकेट लिएपछि ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रन मात्र बनाउन सक्यो । भिम सार्कीले एक पटक फेरि आकर्षक ब्याटिङ्ग गरेपछि चितवनले १७ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा १ सय १२ रन बनायो ।

शिर्ष स्थानमा रहेको चितवनलको ८ अंक भएको छ र अब भैरहवा ग्लेडियेटर्सले मात्रै उ समानको अंक ल्याउने स्थितिमा रहेको छ । दुई खेल बाँकी रहेको भैरहवाको चार र एक खेल हातमा रहेको पोखराको पाँच अंक छ ।

पाँच वटै खेल खेलिसकेको ललितपुरको प्लेअफको आशा अब काठमाडौं किग्ंस ११ को बाँकी रहेको दुई खेलमा भर परेको छ । दुई अंक रहेको काठमााडौंले दुवै खेल हारेको खण्डमा मात्र काठमाडौं प्लेअफमा प्रवेश गर्नेछ ।

अफगान अलराउण्डर अजमतुल्लाह ओमारजाईले ललितपुरलाई राम्रो शुरुवात दिलाउदै ओपनर खडक बोहोरा र करिम जन्नतको विकेट लिएका थिए । तर त्यसपछि चितवनलाई एक पटक फेरि मोहम्मद साहजाद र भिम सार्कीले सम्हालेका थिए ।

सन्दिप जोराले पहिलो खेल खेलेका युवा स्पिनर सुर्य तामाङ्गको बलमा १२ रनको अवस्थामा क्याच ड्रप गरेपछि जिवनदान पाएका साहजादले २८ बलमा चार चौका र दुई चौकाको मद्दतमा ३५ रन बनाए ।

ललिपुरले भिमलाई पनि २७ रनमा पेभिलियन फर्कायो तर सामान्य योगफल पछ्याउन चितवनलाई गाह्रो भएन । भिमले २२ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन बनाए । पहिलो पटक बिदेशी फ्रान्चाइज लिग खेलेका भिरनदिप सिँहले १३ रन बनाए भने दिलिप नाथले १६ रन जोडे ।

त्रिवि मैदानमा भएको दोश्रो खेलमा कमलले उत्कृष्ट शुरुवात दिलाएपछि ललितपुरले निरन्तर विकेट गुमाएको थियो । उसले कुनै पनि समय सोचे जस्तो साझेदारी पाएन । १५ औं ओभरमा नवौं विकेटको रुपमा रिजन ढकाललाई ८४ रनमा गुमाएपछि सुर्य तामांग (११) र ललित नारायण राजबंशी (९) ले ललितपुरको सबैभन्दा ठूलो २४ रनको पार्ट्नरसिप गरेका थिए ।

ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन बनाएका थिए । ३३ बलको सामना गरेका उनले तीन छक्का र दुई चौका प्रहार गरे ।

Click to comment

Trending