Headline

आइतबार नखेलेका पोखरा र भैरहवा पनि इपिएलको प्लेअफमा

Published

on

पोखरा राइनोज र भैरहवा ग्लेडियेटर्स एभरेष्ट प्रिमियर लिगको प्ले अफमा प्रवेश गरेका छन् । दुवै टोली आइतबार नखेलेरै प्ले अफमा पुगेका हुन् ।

चितवन टाइगर्सले ललितपुर पेट्रियट्सलाई पराजित गरेपछि पोखरा र भैरहवा पनि प्लेअफमा प्रवेश गरेका हुन् । अंक तालिकामा ८ अंकका साथ चितवनले पहिलो पटक क्वालिफायरमा स्थान बनाएको हो भने पोखरा २०१७ पछि दोश्रो पटक प्लेअफ पुगेको हो ।

पोखराको चार खेलबाट पाँच अंक रहेको छ भने भैरहवाको तीन खेलबाट चार अंक छ । पाँच वटै खेल खेलिसकेपछि मात्र तीन अंक रहेको डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ ।

पाचौं स्थानमा रहेको काठमाडौं किंग्स ११ को दुई अंक छ तर उसको हातमा अझै दुई खेल रहेको छ । यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको बिराटनगर वारियर्ससँग हारेपछि काठमाडौंलाई कुर्नु परेको हो ।

ललिपुरको हारपछि काठमाडौंलाई पनि प्लेअफमा स्थान बनाउनका लागि केही सहज बनेको छ । काठमाडौंले अब बाकी रहेका दुई मध्ये कुनै एकमा जित हात परे उसलाई प्लेअफमा प्रवेश पाउन पर्याप्त रहनेछ ।

ललितपुरले चितवनलाई हराएको खण्डमा काठमाडौंलाई दुवै खेल जित्नै पर्ने दवाब हुने थियो । काठमाडौंले आफ्ना बाँकी दुवै खेल हारेको खण्डमा ललितपुरले प्ले अफमा स्थान बनाउनेछ ।

प्रतियोगिताको क्वालिफायरको बिजेताले सोझै फाइनलमा प्रवेश पाउनेछ । क्वालिफायरमा पराजित टोलीले एलिमिनेटरको बिजेतासँग दोश्रो क्वालिफायरमा फाइनलका लागि अर्को अवसर पाउनेछ ।

Click to comment

Trending