Headline

रोनाल्डोमा बढेको ‘फ्रस्ट्रेशन’

Published

on

म्यानचेस्टर युनाइटेड एक पटक फेरि ओल्ड ट्राफोर्डमा असफल भएपछि क्रिष्चियानो रोनाल्डो अन्तिम सिठीपछि आफैंदेखि उदेक मानी टाउको हल्लाउदै सिधै टनेल भित्र छिरे ।

पोर्चुगिज सुपरस्टारलाई दिक्दार लागेको कारण धेरै थियो ।

उनको टिमले यो सिजन प्रिमियर लिगमा धेरै अंक मात्र गुमाएन, यसअघिका दुई खेलमा पुरै अवधि खेलेका रोनाल्डोलाई व्यवस्थापक ओले गुनर सोल्सायरले शनिबार सब्स्टिच्युटको रुपमा एभर्टनबिरुद्ध आधा घण्टा मात्रै खेल्ने समय दिए ।

रोनाल्डोको ‘फ्रस्ट्रेशन’ लाई अझै निराशामा परिणत गर्ने काम एभर्टनका आन्द्रोस टाउनसेन्डले गरे । एभर्टनका लागि बराबरी गोल गर्दै युनाइटेडलाई जितबाट रोकेका टाउनसेन्डले रोनाल्डोको गोलको खुशीयालीको नक्कल गरेर देखाइदिए ।

यनाइटेडलाई लगातार दोश्रो पटक ओल्ड ट्राफोर्डमा जितबाट टाढा राखेका टाउनसेन्डले आफ्नो आदर्श खेलाडीको सम्मानमा त्यसो गरेको बताएका थिए । तर यसले रोनाल्डोको फ्रस्ट्रेशनलाई अझै बढाउने काम मात्र गर्यो ।

एस्टन भिल्लासँग घरमै १–० ले हारेको एक हप्तापछि युनाइटेडको प्रदर्शन शनिबार निराशाजनक रह्यो । एभर्टनसँगको प्रदर्शनले उसले उपाधि जित्ने सक्छ भन्ने प्रश्न चिन्ह खडा भएको छ सोल्सायर स्टारहरुले भरिएको टोलीबाट उत्कृष्ट निकाल्न सक्लान भन्नेमै शंका पनि उत्पन्न भएको छ ।

युनाइटेडबिरुद्ध गोल गरेपछि खुशीयाली मनाउदै आन्द्रोस टाउनसेन्ड

अर्को उपाधि दावेदार चेल्सीले पनि अंक गुमाउने खतरा रहेपनि टिमो वेर्नर र बेन चिल्वेलले अन्तिम समयमा गरेको गोलले साउथ्याम्प्टनबिरुद्ध ३–१ को जित निकाल्न सफल भएको थियो ।

च्याम्पियन्स लिगमा भिलारियालबिरुद्ध ९५ औं मिनेटमा गोल गरेका रोनाल्डोले पछिल्लो सात दिन गरेको मिहिनेतलाई मध्ये नजर गर्दै सोल्सायरले उनको समय व्यवस्थापन गर्न खोजेका थिए । भिलारियालसँग खेलेको ७२ घण्टाभन्दा कम भएको कारण सोल्सायरले पाँच परिवर्तन गरेका थिए ।

ती मध्येका एक एन्थोनी मार्सियलले ब्रुनो फर्नान्डेसको पासमा पहिलो टचमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । काउन्टर अट्याकमा खतरनाक देखिएको एभर्टनले त्यसमै गोल गर्दै खेल बराबरी गरेको थियो ।
युनाइटेड मिडफिल्डर फ्रेडले दुई पटक पोजेसन लिन असफल भएपछि अब्दुलाए डुकोरले निकालेको बलमा टाउनसेन्डले बक्सबाहिरबाट गोल गरिदिए ।

“घरेलु मैदानमा पछिल्लो दुई प्रिमियर लिग खेल राम्रो रहेन । यदि हामीले उपाधि जित्ने सोच्ने हो भने यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ,” फर्नान्डेसले भने ।

खेलमा गोल गर्न पाएको एक मात्र मौकामा रोनाल्डोको बायाँ खुट्टाको प्रहार राम्रै दुरिले बाहिरिन पुगेको थियो । युनाइटेडको लागि दोश्रो रुपेलको लागि फर्किएका रोनाल्डोले यो सिजन पाँच गोल गरिसकेका छन् ।

Click to comment

Trending