Headline

बार्सिलोनामा संकट गहिरियो, कोमनलाई समर्थनको बिश्वास

Published

on

एट्लेटिको म्याड्रिडसँग २–० ले पराजित हुँदा स्पेनिस ला लिगा महारथी बार्सिलोनामा संकट थप गहिरिएको छ ।

पुर्व खेलाडी लुईस सुवारेजले गोल गरेपछि ७ खेलबाट १२ अंकका साथ नवौं स्थानमा रहे पनि प्रशिक्षक रोनाल्ड कोमन भने आफूलाई टिम व्यवस्थापनको समर्थन रहेकोमा बिश्वस्त छन् ।

क्षतबिक्षत सिजनमा बार्सिलोनाको यो पहिलो हार हो तर साना टोलीहरुसँगको बराबरी र च्याम्पियन्स लिगमा बायर्न म्युनिख र बेन्फिकासँग पराजित टोलीलाई अब भने चोटमा मल्हम लगाउने आवश्कता भइसकेको छ ।

बार्सिलोनाका अध्यक्ष योआन लपोर्टाले खेल शुरु हुनु अघि एट्लेटिकाको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा परिणाम जस्तो सुकै भएपनि कोमन प्रशिक्षक नै रहने बताएपनि अब भने दुई हप्ते अन्तर्राष्ट्रिय बिश्रामका लागि क्लब व्यवस्थापन सोच्न बाध्य हुने निश्चित छ ।

खेलपछि कोमनले लपोर्टाको स्पष्ट कुराले आफूलाई सहज भएको बताएका छन् । प्रशिक्षकको आत्मबिश्वास र खेलाडीका लागि स्पष्ट हुन आवश्यक छ । खेलाडीहरुले प्रशिक्षक रहनेछन् भनेर थाहा पाउदा वातावरणमा कुनै प्रभाव पर्नेछैन । लपोर्टाले आफ्नो निर्णय लिइसकेका छन् र अब सबै कुरा सोचे अनुरुप नै हुनेछ, कोमनले भने ।

६ बर्ष बिताउदै १ सय ९८ गोल दिएको आफ्नो पुर्व क्लबबिरुद्ध गोल गर्दा सुवारेजले सम्मान दिदै दुई हात जोडेर माथि आकाश हेरेर शान्त तरिकाले खुशीयाली मनाएका थिए ।

बार्सामा मैले जति समय बिताए, उनीहरु अहिले जुन अवस्थामा छन् र समर्थकहरुलाई मैले सम्मान दिएको हु, सुवारेजले यस भन्दै गर्दा आफूलाई क्लबबाट बाहिर जानका लागि कोमनले गरेको फोन वार्तालापलाई इंगित गर्दै उनले मोबाइलमा कुरा गरेको संकेत पनि गर्न भ्याएका थिए ।

Click to comment

Trending