Headline

न्यु डायमण्ड र आर्मीलाई राष्ट्रिय भलिबलको उपाधि

Published

on

डिफेन्डिङ्ग च्याम्पियन तथा बिभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै न्यू डायमण्ड क्लबले एनभिए क्लब च्याम्पियनसिपको महिला तर्फको उपाधि हात पारेको छ ।

शनिबारको फाइनलमा न्यु डाइमण्डले एपिएफलाई ३–१ ले पराजित गर्यो । यस्तै पुरुषतर्फ बलियो हेल्प नेपाललाई ३–१ ले स्तब्ध पार्यो । राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको एपिएफसँग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यस पछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पारेको थियो ।

दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधीलाई आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गदै तेश्रो स्थान प्राप्त गर्यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।

महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिईन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

पुरुष फाइनलमा सेनाले जित हात पार्ने क्रममा पहिलो सेट २६–२४ को संघर्ष पूर्ण जित निकाल्यो । दोश्रो सेट १७–२५ ले हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेश्रो सेटमा सम्हालिँदै २५–१८ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट निकैनै रोमाञ्चक रुपमा ३३–३१ को सघर्षपूर्ण जित निकाल्दै सेनाले ट्रफीलाई आफ्नो पकडमा लिएको हो ।

दशरथ रङ्गशालमा भएको प्रतियोगिताको पुरुष तर्फ एपिएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिस तेश्रो भयो। पुलिसले एपिएफलाई २५–१७, २५–१८ र २५–१४ ले पराजित गर्यो ।

पुरुष तर्फ सेनाका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । यस्तै वेष्ट सर्भरमा सेनाका दुर्गा खड्का, वेष्ट डिफेन्डरमा एपिएफका विनोद चन्द, वेष्ट सेटरमा पुलिसका ईम बहादुर राना, वेष्ट स्पाईकरमा हेल्प नेपालका विनित कुमार, वेष्ट ब्लकरमा सेनाका हरि अधिकारी घोषित भए ।

Click to comment

Trending