Headline

‘हामीले ट्रफि जितिसकेका छैनौं, नेपालमा प्लिज सबैजना शान्त रहनुहोला’

Published

on

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई अहिले नै खुशीयाली नमनाउन आग्रह गरेका छन् ।

नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बिजयी शुरुवात गर्दै घरेलु टोलीलाई शुक्रबार १–० ले पराजित गरेको थियो । माल्दिभ्समाथि नेपालको साफ च्याम्पियनसिपमा यो पहिलो जित थियो भने उसलाई २२ बर्ष पछि हराउन सफल भएको थियो ।

खेलपछिको प्रेस कन्फेरेन्समा आफ्नो काकाको मृत्युले निकै भावुक रुपमा प्रस्तुत हुँदै अलमुताईरीले शान्त हुन आग्रह गरे ।

“यो सन्देश एन्फा, नेपाल सरकार, नेपाली समर्थक र सबैका लागि हो । हामीले अहिले उपाधि जितिसकेका छैनौं । आज खुशीयाली मनाउनुस, भोली सबै कुरा बिर्सनुस र हामी अर्को खेलका लागि तैयार हुन गइरहेका छौं । त्यसैले नेपालमा सबैजना शान्त रहनु होला,” अलमुताइरीले भने ।

अलमुताइरीले प्रशिक्षणको काम निकै गाह्रो हुने गरेको पनि बताए । “एक महिना अगाडी मेरो काँधमा निकै नराम्रो चोट लाग्यो । कहिले काही यो काम एकदम गाह्रो हुने गर्दछ । म हिजोको प्रेस कन्फेरेन्समा पनि आइन किन भने मेरो काका बित्नुभयो । त्यसको लागि म सरी भन्न चाहन्छु,” उनले भने ।

“त्यसपछि मैले हाम्रो गोल भएपछि मैले जुन खुशियाली मनाए त्यो माल्दिभ्सलाई उसकै घरमा हराउन सफल भएको खुशीयाली थियो । त्यो गोलले मेरौ सबै इमाोसन बाहिर आयो । तर यस दौरान धेरै गाह्रा कुराहरु हुन्छन् । तपाईले आफ्नो घर परिवार बिर्सनुपर्छ । भित्र के भइरहेको छ भन्ने कुरा मान्छेहरुलाई मतलब हुँदैन । उनीहरुलाई तपाईको जित वा हारसँग मात्र मतबल हुन्छ ।”

नेपालले दोश्रो खेलमा सोमबार श्रीलंकाबिरुद्ध खेल्नेछ । पाँच टोली रहेको प्रतियोगिता यसपटक राउण्ड रोबिन लिगका आधारमा चलिरहेको छ । शिर्ष स्थानमा रहने दुई टोलीले सिधै उपाधिका लागि खेल्नेछन् ।

Click to comment

Trending