Headline

साफ च्याम्पियनसिपः नेपालको माल्दिभ्समाथि ऐतिहासिक जित

Published

on

मनिष डाँगीले एक मात्र निर्णायक गोल गरेपछि नेपालले इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गरेको छ ।

घरेलु टोलीलाई स्तब्ध पार्ने क्रममा दोश्रो हाफमा सब्स्टिच्युटको रुपमा प्रवेश गरेका मनिषले ८६ औं मिनेटमा गोल गरेका हुन् । इराकबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा पहिलो गोल गरेका मनिषले नेपालका लागि यो दोश्रो गोल गरेका हुन् ।

यसअघि नेपालले कहिल्यै पनि माल्दिभ्सलाई साफ च्याम्पियनसिपमा हराउन सकेको थिएन । माल्दिभ्सले चार खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको थियो ।

माल्दिभ्सले बंगलादेशमा भएको यसअघिको संस्करणमा नेपाललाई ३–० ले हराएको थियो ।

खेलको ११ औं मिनेटमा रोहित चन्दले बक्स भित्र पाएको फ्रि बललाई गोलको दिशा दिन सकेनन् । त्यसअघि रोहितले गोलकिपर किरण चेम्जोङ्गबाट रिबाउण्डमा आएको बललाई माल्दिभ्सका खेलाडीले प्रहार गर्नु अघि उत्कृष्ट ढँगले क्लियर गरिदिएका थिए ।

१९ औं मिनेटमा अलि फासिरको प्रहारलाई किरणले सहज रुपमै समाएका थिए । पहिलो हाफमा माल्दिभ्सले लगातार दवाब बनाए पनि गोल गर्न भने सकेन ।

दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले ५५ औं मिनेटमा पहिलो मौका बनायो । अञ्जन बिष्टले निकालेको पासलाई नवयुग श्रेष्ठले कलेक्ट गर्न सकेनन् । ६० औं मिनेटमा किरणले समुह्को क्लोज रेञ्चको हेडरलाई डाइभ गर्दै उत्कृष्ट ढँगले बचाएका थिए ।

६४ औं मिनेटमा अञ्जनले पाएको फ्रि बलमा फितलो प्रहार गर्दा अर्को अवसर खेर गएको थियो । ७१ औं मिनेटमा किरणले अलि नजिरको घुमाउरो फ्रि किकलाई पञ्च गर्दै रोकेका थिए । ७५ औं मिनेटमा अलि फासिरले ६ यार्ड बक्स नजिकैबाट गरेको सशक्त प्रहारलाई किरणले छेकेका थिए भने रिबाउण्डमा अलि अस्फाक गोल गर्नबाट चुक्न पुगे ।

Click to comment

Trending