Headline

साफ च्याम्पियनसिपः नेपाल माल्दिभ्स पहिलो हाफ बराबर

Published

on

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

घरेलु टोलीबिरुद्ध ११ औं मिनेटमा रोहित चन्दले बक्स भित्र पाएको फ्रि बललाई गोलको दिशा दिन सकेनन् । त्यसअघि रोहितले गोलकिपर किरण चेम्जोङ्गबाट रिबाउण्डमा आएको बललाई माल्दिभ्सका खेलाडीले प्रहार गर्नु अघि उत्कृष्ट ढँगले क्लियर गरिदिएका थिए ।

१९ औं मिनेटमा अलि बसिरको प्रहारलाई किरणले सहज रुपमै समाएका थिए । पहिलो हाफमा माल्दिभ्सले लगातार दवाब बनाए पनि गोल गर्न भने सकेन ।

नेपाल र माल्दिभ्स सातौं पटक साफ च्याम्पियनसिपमा भिडिरहेका छन् । यसअघि भएका ६ भेटमा नेपालले कुनै पनि खेलमा माल्दिभ्सलाई हराउन सकेको छैन । माल्दिभ्सले चार खेल जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको थियो ।

माल्दिभ्सले बंगलादेशमा भएको यसअघिको संस्करणमा नेपाललाई ३–० ले हराएको थियो । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छैन ।

Click to comment

Trending