Headline

कमल र राजेशको ठोस साझेदारीमाा चितवनद्वारा काठमाडौं पराजित

Published

on

कमल सिँह ऐरि र राजेश पुलामी मगरले आठौं विकेटका लागि ठोस साझेदारी गरेपछि चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगमा लगातार दोश्रो जित हात पारेको छ ।

चितवनले बिहिबारको पहिलो खेलमा उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको काठमाडौं किंग्स ११ लाई तीन विकेटले पराजित गर्यो ।

१ सय ४२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनलाई अन्तिम १८ बलमा २७ रन चाहिएको अवस्थामा कमलले सिँगापुर अलराउण्डर जनक प्रकाशलाई लगातार दुई छक्का प्रहार गर्दै खेल चितवनको पक्षमा ल्याएका थिए ।

कमल र राजेशले आठौं विकेटका लागि नटआउट ७ रनको महत्वपूर्ण साझेदारी गरे । बिराटनगर वारियर्सबिरुद्धको आफ्नो पहिलो खेलमा पनि चितवनलाई नटआउट ४३ रन बनाउदै जोगाएका राजेशले २९ बलमा २६ रन बनाए । उनले दुई छक्का प्रहार गरे ।

कमलले १५ बलमा २३ रन बनाउदा दुई छक्का र एक चौका प्रहार गरे । ओपनर इशान पाण्डेलाई चार रनमै गुमाएपनि चितवनलाई दुई अफगानी खेलाडी करिम जन्नत र मोहम्मद साहजादले ३४ रनको साझेदारी गर्दै तेज शुरुवात दिएका थिए । साहजादले १३ बलमा १७ रन बनाए भने जन्नतले १४ बलमा २१ रन जोडे ।

तीन चौका र एक छक्का प्रहार गरेका जन्नतको विकेट सन्दिप लामिछानेले लिएका थिए । काठमाडौंका लागि जिम्बाब्वे अलराउण्डर रायन बर्लले कसिलो बलिङ्ग गर्दै चार ओभरमा मात्र १३ रन खर्चदै दुई विकेट लिए । जितेन्द्र मुखियाले पनि दुई विकेट लिएका थिए ।

यसअघि सागर ढकालले मिडल अर्डरको तीन सहित चार विकेट लिएपछि काठमाडौंको इनिङ्गस सामान्य योगफलमै खुम्चिएको थियो । उसका लागि ओपनर सुभाष खकुरेल, राजु रिजाल र जनक बाहेक अन्य कुनै ब्याट्स्म्यानले दोश्रो अंकम रन जोड्न सकेनन् ।

काठमाडौंको इनिङ्गसको शुरुवातलाई सम्हाल्ने क्रममा सुभाषले अमित श्रेष्ठ (६) सँग २० र राजुसँग ३७ रनको पार्ट्नरसिप गरेका थिए । केही आकर्षक सटहरु खेलेका राजुलाई श्रीलंकन बलर सेकुगे प्रशन्नाले बोल्ड गर्दै काठमाडौंको गतिमा ब्रेक लगाएका थिए ।

राजुले २० बलमा २८ रन बनाउदा तीन चौका र दुई छक्का प्रहार गरे । चितवनलाई सबैभन्दा ठूलो विकेट सागरले दिलाए । उनले १० औं ओभरमा यसअघिको खेलका म्यान अफ द म्याच बर्ललाई शुन्यमै पेभिलियन फर्काएका थिए ।

त्यसपछि सागरले सुभाषलाई एलबिडब्लु धरापमा पारेका थिए । सुभाषले ३४ बलमा ३५ रन बनाउदै समान दुई छक्का र चौका प्रहार गरे । यसबाहेक जनकले १६ बलमा २६ रन बनाए । उनको इनिङ्गसमा दुई चौका र एक छक्का सामेल थियो ।

सागरले चार ओभरमा २१ रन खर्चिएका थिए । करिम जन्नतले कसिलो बलिङ्ग गर्दै १८ रन मात्र खर्चदै दुई विकेट लिए ।

Click to comment

Trending