Headline

रोनाल्डोको गोलमा युनाइटेड जोगियो

Published

on

क्रिष्चियानो रोनाल्डोले अन्तिम समयमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा भिलारियालबिरुद्ध जित दिलाएका छन् ।

बुधबार ओल्ड ट्राफोर्डमा युनाइटेडले भिलारियाललाई पराजित गर्दा रोनाल्डोले ९५ औं मिनेटमा गोल गरे । खेल अवधिभर फिका साबित भएका पाँच पटकका बालोन डि ओर बिजेताले युनाइटेड फर्किएपछि पाचौं गोल गर्दै टिमलाई तीन अंक दिलाएका थिए ।

पाको आलासरको चतुर्याइपूर्ण फिनिसिङ्ग पछि युनाईटेड एक पटक फेरि पहिलो चरणबाटै बाहिरिने संघारमा पुग्ने डर बढेको थियो । तर एलेक्स टेलेसले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए ।

रोनाल्डोको गोलपछि समुह एफमा रहेको युनाइटेडले पहिलो जित हात पार्यो । युनाइटेड यसअघि ओल्ड ट्राफोर्डमै स्विट्जरल्याण्डको यङ्ग बोइजसँग पराजित हुन पुगेको थियो ।

अर्को इङ्गलिस प्रिमियर लिग टोली चेल्सी भने रोनाल्डोको पुर्व इटालियन क्लब युभेन्टससँग पराजित हुन पुग्यो । फेडेरिको चिएसाले गरेको एक मात्र गोलको मद्दतमा युभेन्टसले १–० को झिनो जित हात पार्यो । समुह एच मा युभेन्टस ६ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ ।

जर्मन महारथी बायर्न म्युनिखले भने रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतमा युक्रेनी क्लब डाइनामो किभलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।

बार्सिलोना भने पोर्चुगिज क्लब बेनफिकासँग ३–० ले स्तब्ध बन्यो ।

Click to comment

Trending