Headline

पोखराको पहिलो जित, ललितपुरको लगातार दोश्रो हार

Published

on

पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिगमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पोखराले ललितपुर पेट्रियट्सलाई ९ विकेटले पराजित गर्यो ।

पछिल्लो दुई दिन गिलो मैदानका कारण खेल हुन नसकेपछि तेश्रो दिन ७ ओभरमा छोट्याइएको पहिलो खेलमा पहिलो फिल्डिङ्ग रोजेको पोखराले ललितपुरलाई ६ विकेटको क्षतिमा ५१ रनमै रोकेको थियो । ओपनर रिचर्ड लेभिले अन्तिम सम्म क्रिजमा रहेपछि पोखराले ६ दशमलव तीन ओभरमा मात्र एक विकेटको क्षतिमा जित हात पार्यो ।

छैटौं ओभरमा ललितपुरका अफगानि बलर अजमतुल्लाह ओमारजाईले दुई रनमात्र खर्चदै एक विकेट लिएपछि पोखरालाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । लेभिले पवन शर्राफलाई लगातार चौका र छक्का प्रहार गर्दै पोखराको जित सुनिश्चित गरेका थिए ।

लेभिले २२ बलमा ३८ रन बनाउदा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । अर्का ओपनर रित गौतम १४ बलमा १२ रन बनाई आउट भएका थिए ।

डिफेन्डिङ्ग च्याम्पियन ललितपुरको इपिएलमा यो लगातार दोश्रो हार हो ।

ललितपुरलाई सामान्य योगफलमै रोक्ने क्रममा नन्दन यादवले २ ओभरमा ११ रन खर्चदै तीन विकेट लिएका थिए । नन्दनले अन्तिम ओभरमा मात्र ५ रन खर्चेर २ विकेट लिएका थिए । बिक्रमले पनि ११ रन दिएर दुई विकेट लिएका थिए ।

ललितपुरका लागि सन्दुन बिराकोडीले १६ बलमा एक चौका र एक छक्काको मद्दतमा १९ रन बनाएका थिए । ओसादा फर्नान्डोले १० र नारायण जोशीले ११ रन बनाए ।

Click to comment

Trending