Headline

फिलिपिन्सका बक्सिङ्ग स्टार म्यानी पाकियोले लिए सन्यास

Published

on

फिलिपिन्सका बक्सिङ्ग स्टार म्यानी पाकियोले आधिकारिक रुपमा सन्यास घोषणा गरेका छन् । आनो राजनैतिक करिअरको सबैभन्दा ठूलो फाइट खेल्न गइरहेको आह्वान गरेका पाकियो फिलिपिन्समा अर्को बर्ष हुने राष्ट्रपति निर्वाचनमा भिड्ने उदेश्यका साथ सन्यासको घोषणा गरेका हुन् ।

आफ्नो राजनैतिक र खेलाडी जीवनलाई सन्तुलन गर्दै अघि बढेका पाकियोले फेसबुकमा पोस्ट गरिएको १४ मिनेट लामो भिडियोमा आफू अब राष्ट्रपतिका लागि लड्ने घोषणा गरेका हुन् । उनी हाल फिलिपिन्समा सांसद पनि रहेका छन् ।

“मैले अन्तिम घण्टी सुने । मेरो लागि बक्सिङ्ग समाप्त भयो,” बक्सिङ्गको आठ वटा फरक वेट डिभिजनमा उपाधि जितेका पाकियोले भावुक हुँदै भने ।

तिब्र फुटवर्क र उत्तिकै तिब्र पञ्चहरुका कारण ठूलो नाम बनाएका पाकियो बक्सिङ्ग इतिहासकै सबैभन्दा आक्रमक फाइटरहरु मध्ये एकको रुपमा लिइने गरिएको छ ।

बक्सिङ्गका भेटेरान प्रवद्र्धक बब आरुमले २०१० मा पाकियोको कसैसँग तुलना हुन नसक्ने भन्दै उनी मोहम्मद अलीभन्दा पनि उत्कृष्ट बक्सर रहेको बताएका थिए । उनको दायाँ र बायाँ हातले उत्तिकै तागतका साथ प्रहार गर्ने गर्छ र यही कारणले उनको बिपक्षीमाथि पूर्ण रुपले बिध्वंश मच्चाउने गर्छ, आरुमले रोयटर्सलाई भनेका थिए ।

गत अगष्टमा पाकियोले ४२ बर्षिय पाकियो क्युबाका योर्देनिस उगाससँग डब्लुबिए वेल्टरवेट वल्र्ड टाइटल म्याच हार्न पुगेका थिए ।

दक्षिणी फिलिपिन्समा निकै नै गरिब परिवारमा जन्मिएका पाकियो शुरुवती दिनहरुमै निम्नै कम स्तरका कामहरु गर्न बाध्य भएका थिए । टिनएजरको रुपमा डुँगामा चढेर मनिला पुगेपछि उनले प्रतिस्पर्धात्मक बक्सिँगको शुरुवात गरेका थिए ।

पाकियो फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको लागु औषध बिरुद्धको लडाई र मृत्युदण्ड फर्काउनका लागि चालेको कदमका कट्टर समर्थक रहेका थिए । तर दुतेर्तेको चिनसँगको सम्बन्ध र उनको सरकारमा ब्याप्त भ्रष्टाचारका कारण दुईबीचको सम्बन्धमा खटास उत्पन्न भएको थियो ।

जुलाईमा दुतेर्ते सत्तासीन सरकारबाट पदच्युत भएका थिए । २००७ मा राजनैतिक करिअर शुरु गरेका पाकियो शुरुवातमा पराजित भएपनि तल्लो सदनमा २०१० मा एक सिट जित्न सफल भएका थिए ।
त्यसपछि उनी ६ बर्षको कार्यकालका लागि २०१६ मा सांसद नियुक्त भएका थिए ।

Click to comment

Trending