Headline

गिलो मैदानका कारण अर्को खेल पनि हुन सकेन, दुई खेलको लागि नयाँ मिति

Published

on

गिलो मैदानका कारण एभरेष्ट प्रिमियर लिगमा लगातार तेश्रो खेल प्रभावित भएको छ । मंगलवार काठमाडौं किंग्स ११ र पोखरा राइनोजबीचको एक मात्र खेल पनि गिलो मैदानका कारण सम्भव भएन ।

सोमबार काठमाडौं र बिराटनगर वारियर्ससँगै भैरहवा ग्लेडियेटर्स र चितवन टाइगर्सबीचको खेल पनि गिलो मैदानका कारण सम्भव भएको थिएन । प्रतियोगिता आयोजकले सोमबारका दुवै खेलहरुका लागि नयाँ मिति तय गरेको छ ।

काठमाडौं र बिराटनगरबीचको खेल अब शुक्रबार हुनेछ भने भैरहवा र चितवनबीचको खेल भने शनिबारका लागि तय भएको छ ।

आयोजकले काटमाडौं र पोखराबीचको खेलको निर्णय भने अहिले गरिसकेको छैन । यसबाहेक भैरहवा र पोखराबीचको खेल भने रद्दको रुपमा नै रहनेछ ।

काठमाडौंका लागि दुई म्याच खेल्न आएका पाकिस्तानी स्टार शहिद अफ्रिदी भने एक खेलमात्र खेलेर फर्किसकेका छन् ।

Click to comment

Trending