Headline

च्याम्पियन्स लिगः पिएसजी र म्यान सिटी भिड्दा मेस्सीको आगमन

Published

on

पेरिस सेन्ट जमाईन र म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगमा आफ्नो उपस्थितिलाई शुरुवातलाई बलियो बनाउन मँगलवार अवसर हुँदा पुराना गुरु–चेला पेप ग्वार्डियोला र लियोनल मेस्सी एक पटक फेरि आमने–सामने हुने भएका छन् ।

कतार र अबु धाबीका कम्पनीहरुको स्वामित्वमा रहेको पिएसजी र सिटीले च्याम्पियन्स लिग जित्ने आशाका साथ पर्याप्त पैसा खर्च गर्दै युरोपियन फुटबलको मुहार नै परिवर्तन गरेका छन् । तर दुवै क्लब अहिलेसम्म असफल रहदै आएका छन् ।

गत सिजन पिएसजीलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा चेल्सीसँग उपाधि भिडन्तमा चुकेको सिटीले इतिहासमै पहिलो पटक फाइनलसम्मको यात्रा तय गरेको थियो । २०२० को उपबिजेता पिएसजी त्यो हारको बदला चाहन्छ तर मेस्सीलाई पेरिस ल्याउन सफल बनेको फ्रेञ्च महारथीले सिटीको अर्जेन्टिनी खेलाडीलाई क्लब भित्र्याउन चाहना पुरा हुन नदिई आंशिक बदला पुरा गरिसकेको छ ।

“मेस्सीको लागि नाम नै काफी छ । उनले बिश्व फुटबलमा अतुलनीय काम गरिसकेका छन् । खेललाई अझै उत्कृष्ट साबित गर्न उनी हामीबिरुद्ध मैदानमा उत्रनेछन् भन्नेमा म आशावादी छु,” २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षकको रुपमा मेस्सीसँग राम्रो जुगलबन्दी गरेका ग्वार्डियोलाले मँगलवारको खेल अघि भने ।

घुँडाको सामान्य चोटका कारण मेस्सीले पिएसजीका लागि पछिल्ला दुई खेल खेलेका थिएनन् । उनले आफ्नो नयाँ क्लबका लागि अहिलेसम्म एक गोल पनि गरेका छैनन् भने अगष्टको शुरुवातमा पेरिस आए यता मात्र तीन पटक खेलेका छन् र पुरै ९० मिनेट जम्मा एक पटक ।

मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत नै बेल्जियममा क्लब बु्रग बिरुद्ध १–१ को बराबरीका दौरान ९० मिनेट खेलेका थिए । जर्मन टोली आरबी लाइपजिगमाथि ६–३ को जित हात पारेको सिटी समुह ए मा शिर्ष स्थानमा रहेको छ ।

अनुचित दवाब

दुवै टोली आफ्नो समुहबाट अन्तिम १६ मा प्रवेश गर्ने अपेक्षा गरिएको छ तर घरेलु मैदानमै पिएसजी यदि हार्ने हो भने उमाथि असिमित दवाब उत्पन्न हुन सक्छ । “यो निर्णायक खेल होइन किनभने यो समुहमा अरु दुई बलिया टिम पनि छन् जो अर्को चरणमा पुग्न चाहन्छन्,” पिएसजीमा यो सिजन चार गोल गरिसकेका पुर्व म्यानचेस्टर युनाइटेड मिडफिल्डर एण्डर हरेराले भने ।

“म पिएसजी आएको दिन देखि नै मलाई के महसुस भएको छ भने हामीमाथि हुने गरेको दवाब युरोपका अन्य क्लबहरुलाई हुने गर्दैन । युरोपका अरु कुनै पनि टिमलाई च्याम्पियन्स लिग जित्नै पर्छ भन्ने छैन र यो दवाब अनुचित छ । यसलाई स्विकार्दै अघि बढ्ने बाहेक अन्य बिकल्प नै छ्रैन,” उनले भने ।

तर यथार्थ के पनि हो भने युरोपका अन्य कुनै पनि क्लबसँग मेस्सी, नेमार र किलियन एमबाप्पेको जस्तो बलियो आक्रमण छैन । यो सुचीमा एन्जल डि मारिया पनि जोडिन्छन् तर गत सिजन सिटीबिरुद्ध रेड कार्ड खाएको कारण उनी प्रतिबन्धमा रहनेछन् ।

तर कुनै पनि अवस्थामा खेलको मुख्य आकर्षण मेस्सी नै रहने छन् ।

Click to comment

Trending