Headline

साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा

Published

on

माल्दिभ्समा अक्टोबर १ देखि शुरु हुन गइरहेको साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

हाल साफ च्याम्पियनसिपको तैयारीका लागि कतारमा रहेको २५ सदस्यीय नेपाली टोलीबाट प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गोलकिपर बिकेश कुथु र डिफेण्डर राजन गुरुङलाई बाहिर राखेका छन् ।

नेपाली टोलीले आइतबार नै ओमानको राष्ट्रिय टोलीसँग अनौपचारिक मैत्रीपूर्ण खेल्न गइरहेको छ ।

अक्टोबर १६ सम्म हुने साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल अक्टोबर १ मै माल्दिभ्स बिरुद्ध खेल्न गइरहेको छ । भुटान र पाकिस्तानको अनुपस्थिति रहेको साफ च्याम्पियनसिप यस पटक राउण्ड रोबिनका आधारमा हुन गइरहेको छ ।

सबै टिमले एक अर्कासँग गरेर कुल चार खेल खेल्नेछन् भने लिगको शिर्ष स्थानमा रहने दुई टोली सिधै फाइनलमा भिड्ने छन् । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल सम्म पनि पुग्न सकेको छैन ।

नेपाली टोली यस प्रकार रहेको छः

किरण चेम्जोङ, दिप कार्की, बिशाल श्रेष्ठ, दिनेश राजबंशी, सुरज जेउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थामा, रोहित चन्द

Click to comment

Trending