Headline

भैरहवाका सशक्त प्रदर्शनमा बर्षा बाधक

Published

on

बर्षा बाधक बनेपछि एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लेडिएटर्सका दुई डेब्युटेन्टको प्रदर्शन छायामा परेको छ । भारी बर्षाका कारण पोखरा राइनोज र भैरहवाबीचको दिनको दोश्रो खेल रद्द हुन पुग्यो ।

बायाँ हाते तिब्र गतिका बलर दुर्गेश गुप्ताले सनसनीपूर्ण प्रदर्शन गर्दै तीन विकेट लिएपछि पोखराले १० दशमलव १ ओभरमा ६५ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो । तर भारी बर्षाका कारण मैदानमा पानी जमेपछि खेल रद्द गरिएको थियो ।

धम्मिका प्रसादले पहिलो ओभरमै खतरनाक दक्षिण अफ्रिकी ब्याट्स्म्यान रिचर्ड लेभीलाई शुन्यमै पेभिलियन फर्काएका थिए । त्यसपछि खेलमा दुर्गेशले सनसनीपूर्ण प्रदर्शन गरे ।

ट्यालेन्ट हन्टबाट आएका उनले दोश्रो ओभरमा पाचौं बलमा बिपिन रावल (६) र कप्तान बिनोद भण्डारीको लगालग विकेट लिए । अर्को ओभरमा उनले उत्कृष्ट ढँगले सुनिल धमलालाई बोल्ड गरे ।

अविनाश बोहोराले लोकश बमलाई पनि आरिफ शेखको हातबाट क्याच आउट गराएपछि पोखराले १२ रनमै पाँच विकेट गुमाएको थियो ।

श्रीलंकन खेलाडी असेला गुणरत्नेले केही राम्रा सटहरु खेल्दै २३ रन बनाएपछि रनआउट हुँदा भैरहवाले ४० रनमा छैटौं विकेट गुमायो । चाइनाम्यान बलर तुल बहादुर थापाले पनि आफ्नो पहिलो फ्रान्चाइज खेलमा वेष्ट इण्डिजका केजरिक विलियम्सलाई शुन्यमै पेभिलियन फर्काए ।

aखेल बर्षाले बिथोलिदा बिबेक यादव १६ र बिक्रम सोब ७ रनमा खेलिरहेका थिए ।

Click to comment

Trending