Headline

म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग स्तब्ध, चेल्सीलाई सिटीले हरायो

Published

on

ब्रुनो फर्नाण्डेज अन्तिम समयमा पेनाल्टीमा चुकेपछि म्यानचेस्टर युनाइटेड इंगलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग १–० ले स्तब्ध भएको छ । युनाइटेडले यो सिजन पहिलो हार व्यहोरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई रोक्न सफल एस्टन भिल्लाले खेलको ८८ औं मिनेटमा कोर्ट्नी हउजको गोलमा अग्रता पाएको थियो । ९३ औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो तर त्यसलाई पोर्चुगिज फर्नाण्डेजले गोलमा परिणत गर्न सकेनन् ।

एडिन्सन काभानीको हेडरलाई गोलस्कोरर हउजको हातले रोकेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । तर फर्नान्डेजको प्रहार बाहिरिन पुग्यो ।

एस्टन भिल्लाले २००९ पछि पहिलो पटक ओल्ड ट्राफोर्डमा युनाइटेडमाथि जित पाएको हो ।

अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि स्ट्यामफोर्ड ब्रिजमा १–० को महत्वपूर्ण जित हात पार्यो । सिटीको जितमा ग्याब्रियल जिजसले ५३ औं मिनेटमा गोल गरेका थिए ।

चेल्सी र युनाइटेडको हारले लिभरपुललाई भने फाइदा पुगेको छ । लिभरपुल ५ खेलबाट १३ अंकका साथ शिर्ष स्थानमा कायमै रहेको छ भने सिटी गोल अन्तरका आधारमा दोश्रो स्थानमा छ ।

एक खेल बढी खेलेका सिटी, चेल्सी र युनाइटेडको पनि समान १३ अंक रहेको छ । लिभरपुलले शनिबार नै ब्रेन्टफोर्डसँग खेल्न गइरहेको छ । एस्टन भिल्ला १० अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

Click to comment

Trending