Headline

९० औं मिनेटको गोलले बार्सिलोना जोगियो

Published

on

बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा लज्जास्पद पराजय व्यहोरेको एक हप्ता भन्दा कम समयमा बार्सिलोना एक पटक फेरि घरेलु मैदान क्याम्प नोउमा चुकेको छ । यसपटक स्पेनिस महारथी जित विहिन ग्रानडासँग १–१ गोलको बराबरीमा रोक्कियो ।

डिफेन्डर रोनाल्ड अरुजोले ९० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बाल बाल बचाए पनि झण्डै २७ हजार घरेलु समर्थकहरुले टिमको प्रदर्शनलाई भने मन पराएनन् । खेलमा ग्रानडाले दोश्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि डोमिँगोस डुवार्टेले हेडरमार्फत गोल गरेका थिए ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पेरिस सेन्ट जमाईन गएपछि पहिलो पटक हार व्यहोर्ने क्रममा च्याम्पियन्स लिगमा बायर्नसँग ३–० ले हारेको बार्सिलोनालाई कमजोर टोलीले रोकेपछि पुरै टिम र प्रशिक्षक रोनाल्ड कोमनमाथि दवाब बढ्दै जान थालेको छ ।

लगातार दुई खेल हारेको ग्रानडा क्याम्प नोउमा सोमबार आईपुग्दा उ चार खेलमा जितविहिन रहदै आएको थियो । “हामीले शुरुवातमै गोल गरेको भए मज्जाले जित्ने थियौं । उनीहरुले पहिलो गोल गरेपनि पुरै टिम डिफेन्समै लागेको थियो,” अरुजोले भने ।

बराबरीले बार्सिलोना सातौं स्थानमा कायम रहेको छ भने शिर्ष स्थानको रियल म्याड्रिड भन्दा पाँच अंकले पछाडी छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

Click to comment

Trending