Headline

नेपाली फुटबल टोलीले बलियो ओमानसँग मैत्रीपूर्ण खेल्ने !

Published

on

साफ च्याम्पियनसिपको तैयारीका लागि हाल कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो खाडी राष्ट्र ओमानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने भएको छ ।

बरियताको हिसाबमा नेपालको लागि यो निकै महत्वपूर्ण खेल हुनेछ । फिफा बरियतामा नेपाल १ सय ६१ स्थानमा रहेको छ भने ओमान ७८ औं स्थानमा छ । नेपाली टोलीको श्रोतका अनुसार नेपाल कतारमै यसको गृहकार्यमा जुटेको र ओमानले पनि स्विकार गरिसकेको छ ।

“अन्य केही समस्या नभए नेपाल र ओमानबीचको खेल तय नै रहेको छ,” श्रोतले विस्पोर्ट्जलाई जानकारी दियो । खेलको मिती र स्थान तय नभएपनि नेपाल सिधै माल्दिभ्स जाने भएका कारण यो खेल कतारमै हुनेछ ।

पछिल्लो केही महिना यता लगातार उच्च स्तरका टोलीहरुसँग खेल्दै आएको नेपाल कतारबाट सिधै माल्दिभ्सका लागि उड्नेछ । कोरोना भाइरसको पहिलो लहर केही शान्त भएपछि बङ्गलादेशबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्णदेखि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको नेपालले त्यसपछि आफ्नै भुमिमा थ्रि नेसन्स कपको आयोजना गर्दै त्यसमा जित पनि हात पारेको थियो ।

त्यसपछि नेपालमा कोरोनाको दोश्रो लहरका दौरान नै नेपाल सुपर लिगको आयोजना भयो भने इराकसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र बिश्वकप तथा एसिया कपको संयुक्त छनौटमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेईसँग खेलेको थियो ।

भारतसँग दशरथ रँगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पछि नै नेपाली टोली कतार गएको थियो ।

Click to comment

Trending