Headline

अन्तिम ४ मिनेटमा दुई गोल गर्दै रियलको सनसनीपूर्ण जित

Published

on

निर्धारित समयको अन्तिम चार मिनेटमा दुई गोल गर्दै रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि २–१ को रोमाञ्चक जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा कुनै गोल हुन नसकेपछि ६६ औं मिनेटमा ह्युगो डुरोले भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समय भने भ्यालेन्सियाले त्यो अग्रतालाई जोगाउन सकेन । करिम बेञ्जेमाको पासमा भिनिसियस जुनियरको प्रहार डिफ्लेक्ट हुदै गोल हुँदा रियलले ८६ औं मिनेटमा बराबरी गर्यो ।

त्यसको दुई मिनेटपछि नै भुमिका फेरियो । यसपटक भिनिसियसको पासमा बेञ्जेले हेडरमार्फत सिजनको आफ्नो छैटौं गोल गरे ।

जितपछि रियल डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिडलाई दुई अंकले पछि पार्दै १३ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको भ्यालेन्सिया र चौथोमा रहेको रियल सोसिडाडको समान १० अंक रहेको छ ।

भ्यालेन्सियाले यो सिजनको शुरुवातमा आफ्नो पहिलो खेल हारेको हो । आइतबार नै भएको खेलमा रियल सोसिडाडले सेभियासँग गोलरहित बराबरी खेल्यो । अन्य दुई खेल पनि बराबरीमा टुङ्गिएका थिए । मायोर्काले भिलारियालसँग गोलरहित र रियल बेटिसले इस्पान्योलसँग २–२ को बराबरी खेल्यो ।

Click to comment

Trending