Headline

नेपालको उत्कृष्ट बलिङ्ग, ओमान १ सय २१ रनमै समेटियो

Published

on

तिब्र गतिका बलर करण केसी र लेग स्पिनर सन्दिप लामिछानेले ४–४ विकेट लिएपछि नेपालले ओमानलाई आईसिसि क्रिकेट बिश्वकप लिग टु को त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा १ सय २१ रनमै अल आउट गरेको छ ।

टस जिति पहिलो फिल्डिँग गरेको नेपालले कुनै पनि समय ओमानलाई खुलेर खेल्न दिएन । करणले शुरुवाती तीन विकेट लिएपछि दवाबमा आएको ओमान सन्दिप लामिछानेको पनि उत्कृष्ट प्रदर्शन पछि ३७ दशमलव १ ओभरमै समेटियो ।

करणले यसअघिको खेलमा आक्रमक ब्याटिङ्ग गर्दै शतक पुरा गरेका जतिन्दर सिँह (१३), सुफयान मेहमुद र आयान खानको विकेट लिएपछि ओमानले पहिलो तीन विकेट मात्र ३० रनमा गुमायो । सन्दिपले त्यसपछि मोहम्मद नदिमको महत्वपूर्ण विकेट लिदै ओमानलाई दवाबमा राखे ।

अर्को ओभरमा सन्दिपले सुरज कुमार र नेस्टर धाम्बालाई लगातार आउट गरेपछि ओमानले ४३ रनमा ६ ब्याट्स्म्यान गुमाएको थियो । श्रृंखलामा पहिलो खेल खेलेका शरद भेषावकरले सन्दिप गाउड र नशिम खुशीको विकेट लिदै खेल पुर्ण रुपमा नेपालको पकडमा राखे ।

पाचौं नम्बरमा ब्याटिंग गर्न आएका कप्तान जिसन मक्सुदले ओमानको इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि उनी करणको चौथो शिकार भए । मक्सुदले ६६ बलमा दुई चौका र एक छक्काको मद्दतमा ४१ रन बनाए ।

सन्दिपले ८ दशमलव १ ओभरमा मात्र १८ रन खर्चिए भने करणले ८ ओभरमा २५ रन दिएका थिए ।

Click to comment

Trending